Techie IT
मंगलबार, असोज २०,२०८३

कांग्रेस महाधिवेशन : पदाधिकारीमा क-कसले गरे उम्मेदवारी दर्ता ?


काठमाडौं । नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया जारी छ।

निर्वाचन समितिका अनुसार हालसम्म उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा गरी १३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता आज अपराह्न ५ बजेसम्म गर्न सकिनेछ।

हालसम्म उम्मेदवारी दर्ता गराउनेहरूमा—

  • पुष्पा भुसाल — उपसभापति, महिला
  • विनोद चौधरी — उपसभापति, समावेशी
  • फरमुल्लाह मन्सुर — उपसभापति, समावेशी
  • डिला संग्रौला — महामन्त्री, महिला
  • रिता खनाल — महामन्त्री, महिला
  • शंकर तिवारी — महामन्त्री, खुला
  • सुनिल शर्मा — महामन्त्री, खुला
  • नैनसिंह महर — महामन्त्री, खुला
  • प्रतिमा गौतम — सहमहामन्त्री, महिला
  • देवेन्द्रराज कंडेल — सहमहामन्त्री, खुला
  • रामहरि खतिवडा — सहमहामन्त्री, खुला
  • मनोजमणि आचार्य — सहमहामन्त्री, खस आर्य
  • जीवनबहादुर शाही — सहमहामन्त्री, पिछडिएको क्षेत्र

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कांग्रेस महाधिवेशन : पदाधिकारीमा क-कसले गरे उम्मेदवारी दर्ता ?


तपाईको कमेन्ट लेख्नुहोस्