साहस र मूर्खता: विपद्मा अक्कल कि अन्धो आँट ?
ई.रामचन्द्र तिमिल्सिना
फोनको घण्टी
फोन बज्यो। स्क्रिनमा नोआको नाम थियो। नोआ, मेरी इजरायली साथी।
मैले उठाएँ। उताबाट आवाज आयो, थाकेको तर स्थिरस् ूम ठिक छु। म त्यही विमानमा थिएँ।
कुन विमानरु मैले सोध्नै परेन। दुई दिनदेखि संसारभरका समाचारमा एउटै
उडानको कुरा थियो। मैले पनि त्यो समाचार पढेर पाना पल्टाइसकेको थिएँ। अर्काको देश,अर्काको आकाश, अर्काको सङ्कट। तर आज त्यही सङ्कटको आवाज मेरै कानमा बोलिरहेको थियो।
ऊ बोल्दै गई, म सुन्दै गएँ। फोन राखेपछि म धेरै बेर चुपचाप बसेँ।
अनि आफैँसँग कुरा गर्न थालेँ। यो लेख त्यही कुराकानी होस् म र मेरो मनबीचको, एक नेपालीर उसको देशबीचको।
त्यो बिहान आकाशमा के भएको थियो
३० सेप्टेम्बर २०२६, बुधबार। फ्लाईदुबईको उडान दुबईबाट तेल
अभिभका लागि उड्यो। बोइङ ७३७ म्याक्स ८ विमानमा १७४ जना सवार थिए, धेरैजसो इजरायली यात्रु। उडेको करिब साढे दुई घण्टापछि विमान अचानक तल झर्यो। उडान तथ्याङ्कअनुसार३० सेकेन्डभन्दा कम समयमा झन्डै १४ हजार फिट। कारण प्राविधिक खराबी थिएन। साउदी अरबको प्रारम्भिक अनुसन्धान र इजरायली अधिकारीहरूका अनुसार ककपिटभित्र सह(चालकले क्याप्टेनमाथिआक्रमण गरेका थिए।
भारतीय क्याप्टेन स्मित मच्छर छुराको प्रहारबाट गम्भीर घाइते भए।
त्यसपछि जे भयो, त्यो नै यो लेखको मुटु हो। रगतले लतपतिएर भुइँमा
लडेका क्याप्टेनले ककपिटको ढोका खोल्ने बटन थिचे। अगाडिका सिटबाट यात्रु र चालक दलकासदस्य भित्र पसे। उनीहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिए र प्लास्टिकको पट्टी तथा
हेडफोनको तारले बाँधे। यात्रुमध्येका एक दन्त चिकित्सकले घाइते क्याप्टेनको उपचार थाले।

त्यही विमानमा यात्रुका रूपमा रहेका फ्लाईदुबईकै अर्का दुई पाइलटले नियन्त्रण सम्हालेर विमानलाई साउदी अरबको तबुक विमानस्थलमा सुरक्षित अवतरण गराए।
कुनै यात्रु गम्भीर घाइते भएनन्। सबै यात्रु त्यही दिन अर्को विमानबाट
तेल अभिभ पुगे। क्याप्टेनको अवस्था स्थिर बताइएको छ। आक्रमणको कारण के थियो भन्ने अनुसन्धानअझै जारी छ, र विमान कम्पनीले अनुमान नगर्न आग्रह गरेको छ। त्यसैले म पनि अनुमान गर्दिनँ जे थाहा छ, त्यतिमै अडिन्छु।
उसले भनेको कुरास् तालिमले काम गर्यो
मैले सोधेँ, ूतिमी डराइनौरुू
ऊ हाँसी। ूडराएँ नि। विमान झर्दा मेरो पेट घाँटीमा आइपुगेको
थियो। वरिपरि मानिस रोइरहेका थिए। तर अचम्म के भने, मेरो दिमाग खाली भएन। शरीरले आफैँ
काम गर्न थाल्यो।उसले भनीस् सिटबेल्ट कसेँ। लामो सास तानेँ, बिस्तारै छाडेँ। छेउकीआत्तिएकी महिलाको हात समातेर उनलाई पनि त्यसै गर्न लगाएँ। अगाडि को गयो, को बसिरहने,कसले बाटो खाली गर्ने भन्ने कसैले भाषण गरेर बाँडेन। जसले जे जानेको थियो, त्यही गर्यो।
जो तालिमप्राप्त थिए, उनीहरू अघि बढे। बाँकीले बाटो छाडे र चालक दलको निर्देशन माने।हामीलाई सानैदेखि सिकाइन्छ,ू उसले भनी। ूविद्यालयमा
बारम्बार आपत्कालीन अभ्यास हुन्छ। साइरन बज्दा के गर्ने भनेर बच्चालाई पनि थाहा हुन्छ।धेरैजसो युवाले राष्ट्रिय सेवामा प्राथमिक उपचार र आत्मरक्षा सिक्छन्। त्यसैले सङ्कटमा हामी के गर्नेु भनेर सोध्दैनौँ। ुमेरो काम कुन होु भनेर सोध्छौँ।
अनि उसले एउटा वाक्य भनी, जुन मेरो कानमा अझै बजिरहेको छस्
त्यो दिन हामीलाई बहादुरीले बचाएको होइन। अभ्यासले बचाएको हो।
यो वाक्यलाई म बारम्बार फर्केर हेर्छु। त्यो विमानमा तीन थरी तयारी
भेटिए। घाइते हुँदा पनि ढोका खोल्ने क्याप्टेनको पेसागत अनुशासन। विधि जानेर अघि बढ्नेयात्रुको नागरिक तालिम। र नियन्त्रण सम्हाल्ने पाइलटको प्राविधिक सीप। तीनमध्ये एउटामात्र नभएको भए १७४ जनाको कथा अर्कै हुन्थ्यो।
अनि आफैँलाई सोध्छुस् त्यो विमानमा १७४ जना नेपाली भएको भएरु हामीसँग
आँट हुन्थ्यो, यसमा शङ्का छैन। नेपाली आँटमा कहिल्यै चुकेको छैन। तर बिना तालिम ककपिटतिरदौडेको भीडले ढोकै थुन्न सक्थ्यो। घाइतेलाई बोक्दा घाउ झन् बिगार्न सक्थ्यो। आँट हुनुर काम लाग्नु एउटै कुरा होइन।
यो कुनै देशको राजनीतिको प्रशंसा होइन। यो नागरिक तयारीको पाठ हो,
र पाठ जहाँबाट आए पनि पाठ नै हुन्छ। त्यसैले म आज एउटा पुरानो प्रश्न मनमा बसेकोछस् साहस र मूर्खताबीचको वास्तविक सीमा कहाँहुन्छ ? उत्तर खोज्न म पहिले विश्वको इतिहास पल्टाउँछु, त्यसपछि आफ्नै पुर्खाको,
त्यसपछि आजको आफ्नै समाजको। अनि अन्त्यमा आफ्नो देशलाई केही सुझाव दिन्छु।
१। ज्ञान र आवेगको द्वन्द्वस् साहसको कसी
पहिले शब्द नै प्रस्ट पारौँ। हामी नेपाली ुसाहसु शब्द सजिलै बाँड्छौँ।
जो हामफाल्यो, उही वीर। तर के हामफाल्नु नै साहस हो ?
साहस र मूर्खता बाहिरबाट हेर्दा उस्तै देखिन्छन्। दुवैमा मानिस
खतरातर्फ अघि बढ्छ। फरक पाइलामा होइन, पाइला चाल्नुअघिको तयारीमा हुन्छ।
कुनै पनि जोखिमपूर्ण कदमलाई पाँच प्रश्नको कसीमा राखेर हेर्न सकिन्छ :
ज्ञान : के मलाई खतरा कति ठूलो छ भन्ने वास्तविक जानकारी छरु
क्षमता : के मसँग यसका लागि चाहिने तालिम, सीप र शारीरिक तयारी छ ?
साधन : के मसँग आवश्यक उपकरण र सहयोग छ ?
उद्देश्य : के यो जोखिम जीवन जोगाउन वा ठूलो हितका लागि हो, कि ताली र प्रशंसाका लागि जिम्मेवारीस् के मैले अरूको ज्यानमा पर्ने असरको हिसाब गरेको छु ?
पाँचै प्रश्नको उत्तर हो आउँछ भने त्यो साहस हो। ज्ञान छैन, तालिम
छैन, साधन छैन, र उद्देश्य केवल आफूलाई बहादुर देखाउनु हो भने त्यो साहस होइन, आत्मघातीमूर्खता हो।
साँचो साहसी मानिसलाई खतरा थाहा नहुने होइन। खतरा कति भयानक छ भन्ने
उसलाई अरूभन्दा बढी थाहा हुन्छ। ऊ डरबाट भाग्दैन, तर डरलाई विवेकले नियन्त्रण गर्छ।
ऊ जोखिमलाई बेवास्ता गर्दैन, गणना गर्छ।
अन्धो जोखिम मूर्खता होस ज्ञान, क्षमता र जिम्मेवारीसहित लिइएको जोखिम
मात्र वास्तविक साहस हो।
मूर्ख मानिस खतरा नदेखेर अगाडि बढ्छ। डरपोक मानिस खतरा देखेर पछाडि
हट्छ। साहसी मानिस खतरा देख्छ, बुझ्छ, तौलिन्छ, र तयारीका साथ अगाडि बढ्छ।
२। विश्व इतिहासको ऐना
इतिहास विजय र पराजयको मात्र कथा होइन। यो विवेकपूर्ण साहस र रणनीतिक
मूर्खताको अभिलेख पनि हो।
मस्को अभियान ९१८१२ र १९४१०।
नेपोलियन बोनापार्ट र एडोल्फ हिटलर दुवैले रुसको विशाल भूगोल र कठोर हिउँदलाई अवमूल्यनगरे। सेनाको आँटमाथि भरोसा थियो, तर आपूर्ति व्यवस्था र मौसमको तयारी थिएन। परिणामलाखौँ सिपाहीको मृत्यु र साम्राज्यको पतन भयो। त्यो साहस थिएन, रणनीतिक अहङ्कार थियो।
थर्मोपाइली ईसापूर्व ४८००।
राजा लियोनिडसका ३०० स्पार्टन र उनका ग्रिक सहयोगीहरूले विशाल पर्सियन फौजलाई खुलामैदानमा होइन, साँघुरो घाटीमा रोके। उनीहरूलाई आफ्नो सङ्ख्याको सीमा थाहा थियो, त्यसैले भूगोललाई ढाल बनाए। त्यो निश्चित मृत्युको सामुन्ने लिइएको अनुशासित साहस थियो।
हड्सन नदीको अवतरण २००९
चरा ठोक्किएर दुवै इन्जिन बन्द भएपछि क्याप्टेन चेस्ली ुसलीु सुलेनबर्गरले विमानस्थलफर्कने दुस्साहस गरेनन्। उनले उचाइ र गतिको हिसाब गरे र नदीमा अवतरण गराए। विमानमारहेका १५५ जना सबै बाँचे। तबुकमा विमान उतार्ने पाइलटहरू यही परम्पराका उत्तराधिकारीहुन्।
तीनै घटनाको पाठ एउटै छस् आँट सबैसँग थियो, तर हिसाब गर्ने मात्र
इतिहासमा साहसी कह लिए।
३। नेपाली इतिहासको कसी : वीरता र हठबीचको फरक
अब आफ्नै घरतिर फर्किन्छु। अर्काको इतिहास केलाउन सजिलो हुन्छ।
आफ्नै पुर्खालाई प्रश्न गर्न गाह्रो हुन्छ। तर प्रश्न गर्नु अपमान होइन। पुर्खाबाट
सिक्नु नै उनीहरूप्रतिको सबैभन्दा ठूलो सम्मान हो।
हाम्रो इतिहासलाई प्रायः भावुक वीर गाथाुको घेरामा मात्र पढाइन्छ।
तर पुर्खाको वास्तविक तागत रगत बगाउनुमा मात्र थिएन। त्यो आफ्नो क्षमता र शत्रुको सामर्थ्यकोयथार्थ मूल्याङ्कन गर्ने विवेकमा थियो। जहाँ त्यो विवेक चुक्यो, त्यहाँ वीरताले पनि
हार बेहोर्यो।
एकीकरणकालस् हारबाट सिकेको साहस
नुवाकोट ९१७४३–१७४४०।
गोरखाको पहिलो आक्रमण तयारीबिना भयो र असफल भयो। त्यसपछि पृथ्वीनारायण शाह हतारिएनन्।उनी बनारस गए, हतियार जुटाए, सेनालाई तालिम दिए, कालु पाँडेलाई काजी बनाए। दोस्रो आक्रमणमानुवाकोट जितियो। एउटै किल्लामा हतार र तयारी दुवैको नतिजा देखियो।

कीर्तिपुरको पहिलो आक्रमण ९१७५७०।
काजी कालु पाँडेले समय नपाकेको भन्दै आक्रमण नगर्न सल्लाह दिएका थिए। सल्लाहसुनिएन। गोरखाले आफ्नो सबैभन्दा सक्षम सेनापति गुमायो र राजा आफैँ झन्डै मारिए। पछिकीर्तिपुर सीधा धावाले होइन, वर्षौँको नाकाबन्दी र धैर्यले हात पर्यो।
मकवानपुर ९१७६३०।
बङ्गालकानवाब मीर कासिमको हतियारले सुसज्जित फौजसँग गोरखाली सेनाले दिउँसो खुला मैदानमा भिडेन।
रातको समय, भिरालो जमिन र अचानक आक्रमण रोज्यो। शत्रु भाग्यो र उसका बन्दुक गोरखाकोहातमा परे।
सिन्धुलीगढी ९१७६७०
कप्तान किन्लोकको ब्रिटिस फौजसँग आधुनिक बन्दुक र तोप थिए। खुला मैदानमा लडेको भए गोरखालीसेना पहिलो दिनमै सकिन्थ्यो। वंशराज पाँडे, वीरभद्र उपाध्याय र वंशु गुरुङ जस्ता नेतृत्वले
आफ्नो प्राविधिक सीमा बुझे। उनीहरूले साँघुरो पहाडी बाटो, वर्षायाम र छापामार शैलीप्रयोग गरे। जनश्रुतिले अरिङ्गालको गोलो र सिस्नुको प्रयोगसमेत सम्झन्छ। त्यो अन्धोलडाइँ थिएन, भूगोलको विज्ञान थियो।
दिव्य उपदेशको रणनीति
पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुङ्गाबीचको तरुलु भने र ुजाई कटक नगर्नु, झिकी कटकगर्नुु भन्ने सूत्र दिए। अर्थात् बलियो शत्रुमाथि आफैँ गएर नभिड्नु, उसलाई आफ्नो भूगोलमातानेर लड्नु। यो नेपाली इतिहासमा साहस र विवेकको सबैभन्दा स्पष्ट परिभाषा हो।
विस्तारकालस् सीमा नाघेको आँट
भोट–चीन युद्ध ९१७८८–१७९२०
सन् १७९१ मा गोर्खाली फौजले तिब्बतको दिगर्चासम्म पुगेर गुम्बाको सम्पत्ति कब्जा गर्यो।त्यसले चीनको छिङ साम्राज्यलाई युद्धमा तान्यो। चिनियाँ फौज नुवाकोट नजिक बेत्रावतीसम्मआइपुग्यो र नेपालले सन्धि गर्नुपर्यो। शक्तिशाली छिमेकीको प्रतिक्रियाको हिसाब नगरीगरिएको विजय अन्ततः राजधानीकै सङ्कट बन्यो।
काँगडाको घेराबन्दी ९१८०६–१८०९०
बडाकाजी अमरसिंह थापाको निष्ठा र पराक्रममा कुनै कमी थिएन। तर रसदको बाटो अत्यन्त लामोथियो र पञ्जाबका रणजित सिंहको हस्तक्षेपको आकलन भएन। सतलजपारिको अभियान फिर्ता भयो।
स्रोतको सीमाभन्दा बाहिरको जोखिमले वीरतालाई पनि रक्षात्मक बनाउँछ।
नेपाल–अङ्ग्रेज युद्ध ९१८१४–१८१६ :
साहस र सीमाको एउटै पाठशाला
नालापानी ९१८१४०। कप्तानबलभद्र कुँवरसँग महिला र बालबालिकासमेत गरी करिब ६०० जना थिए। उनीहरूले धेरै गुणा ठूलोब्रिटिस फौजलाई एक महिना रोके। जब पानीको मुहान काटियो, बलभद्रले किल्लाभित्र प्यासलेमर्नुलाई वीरता ठानेनन्। उनी बाँकी करिब ७० जना साथी लिएर नाङ्गो खुकुरीसहित घेरा तोडेर
निस्के। बाँचेर अर्को मोर्चा सम्हाल्ने निर्णय हार थिएन, विवेक थियो।
जितगढी, बुटवल ९१८१५०
कर्णेल उजिरसिंह थापाले सीमित फौजलाई किल्ला र जङ्गलको आडमा मिलाएर जनरल वुडको ठूलो फौजलाई फर्काए। यहाँ पनि हतियारले होइन, तयारी र भूगोलको प्रयोगले जित्यो।
देउथल ९१८१५०। सत्तरी
वर्ष नाघेका भक्ति थापाले नाङ्गो तरबार लिएर तोपको मोर्चामाथि धावा बोले र वीरगति पाए।
शत्रुले समेत उनको शवलाई सम्मानका साथ फर्कायो। उनको बलिदान अमर छ। तर यो घटनाले एउटाकठोर सत्य पनि सिकाउँछस् व्यक्तिको पराक्रमले प्रविधिको खाडल पुर्न सक्दैन। वीरलाई तोपकोअगाडि पठाउनुअघि राष्ट्रले उसलाई तोप दिनुपर्छ।
सुगौली सन्धि ९१८१६०
युद्धको निर्णय लिँदा शत्रुको आर्थिक र प्राविधिक शक्तिको पूरा हिसाब भएन। अनुभवी भारदारलेसचेत गराएका थिए भनिन्छ। नतिजा, नेपालले झन्डै एक तिहाइ भूभाग गुमायो। सिपाहीको साहसमाकमी थिएनस कमी नीतिगत मूल्याङ्कनमा थियो।
आधुनिक काल : आवेग, अनुशासन र प्रकृति
कोतपर्व ९१८४६०
एकरातको आवेग, शङ्का र तरबारले दर्जनौँ भारदारको ज्यान लियो। हतियार उठाउनु आफैँमा साहसहोइन भन्ने यसको पाठ हो। आवेगमा चलेको तरबारले राष्ट्रको एक पुस्ताको नेतृत्व सिध्यायो।
विश्वयुद्धका गोर्खा
सन् १९१५ मा कुलबीर थापाले गोली वर्षाबीच घाइते साथीहरूलाई एक(एक गरी बोकेर ल्याए रभिक्टोरिया क्रस पाए। गोर्खा सिपाहीको ख्याति आँटले मात्र बनेको होइन। त्यो कडा तालिम,अनुशासन र साथीप्रतिको जिम्मेवारीले बनेको हो।
१९९० साल र २०७२ सालकाभूकम्प
सन् १९३४ को महाभूकम्पले नेपालमा हजारौँको ज्यान लियो। एकासी वर्षपछि २०१५मा फेरि करिब नौ हजार जनाले ज्यान गुमाए। भूकम्प आउँछ भन्ने हामीलाई थाहा थियो। थाहाहुँदाहुँदै कमजोर घर बनाउनु र तयारी नगर्नु भाग्यमाथिको जुवा थियो। अर्कोतिर, तालिमप्राप्तसुरक्षाकर्मी र स्वयंसेवकले भग्नावशेषबाट जीवित मानिस निकाले। फरक तालिमले पार्यो।
हिमालको पाठ
सन् १९५३मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको सगरमाथा आरोहण महिनौँको योजना, अक्सिजनर टोलीको परिणाम थियो। सन् २०२१ को जनवरीमा दश नेपाली आरोहीले हिउँदमा केटू चढेर इतिहासरचे। त्यो पनि सामूहिक योजनाको जित थियो। यसको विपरीत, सन् २०१४ मा अन्नपूर्ण क्षेत्रमाआँधीको सङ्केतका बीच थोराङ ला पार गर्न खोज्दा ४० भन्दा बढी मानिसको ज्यान गयो। हिमाललेआँटलाई होइन, तयारीलाई मात्र बाटो दिन्छ।

४। आजको नेपालस् साहसुको नाममा मौलाएको जोखिम
इतिहासको मैदान फेरिएको छ, तर प्रश्न उही छ। आजको नेपालीको लडाइँ
तोपसँग होइन, भूकम्प, बाढी, पहिरो, सडक र आफ्नै लापरबाहीसँग छ। यहाँ पनि हामी धेरैजसो आँटलाई नै साहस ठान्छौँ।
हाम्रो दैनिकीमा साहसको भेष लगाएका मूर्खता यस्ता छन्स्
उर्लिएको नदीको किनारमा उभिएर रिल बनाउनु, वा भाइरल हुन भीर
र झरनाबाट हामफाल्नु।
- बर्खामा पहिरोको चेतावनी हुँदाहुँदै रातिको यात्रा गर्नु र
गराउनु। - क्षमताभन्दा बढी यात्रु र सामान बोकेको गाडी तीव्र गतिमा हुइँक्याउनुस
हेलमेट र सिटबेल्टलाई ुडरपोकको चिह्नु ठान्नु। - भूकम्पको धक्का रोकिन नपाउँदै सामान निकाल्न चर्किएको घरभित्र
पस्नु।
ड - डुबिरहेको मानिस बचाउन पौडी नजानेको मानिस आफैँ हामफाल्नु,
र एकको सट्टा दुई जना गुमाउनु। - भवन संहिता नमानी घर ठड्याउनु र केही हुँदैनु भन्नु।
- मौसम र उचाइको बेवास्ता गर्दै बिना तयारी हिमाली पदयात्रामानिस्कनु।
दलालको भरमा अवैध बाटोबाट विदेश जानु वा अर्काको युद्धमा भर्ती
हुनु।
यी कुनै पनि काममा नियत खराब हुँदैन। धेरैमा त अरूलाई बचाउने पवित्र
भावना नै हुन्छ। कमी भावनामा होइन, ज्ञान, तालिम र साधनमा छ। त्यसैले समाधान पनि गाली
होइन, तयारी हो।
यही समाजमा साँचो साहसका उदाहरण पनि छन्। भग्नावशेषभित्र विधिपूर्वक
पस्ने उद्धारकर्मी, हिमालमा डोरी टाँग्ने ुआइसफल डाक्टरु, उचाइमा उद्धार उडान भर्ने
पाइलट, र विद्यालयमा नियमित भूकम्प अभ्यास गराउने शिक्षक यसका प्रमाण हुन्। उनीहरू
सबैको साझा गुण एउटै छस् उनीहरू तयार थिए।
५। साहसी राष्ट्र निर्माणको खाकास् ुवीरताुबाट ुसक्षमताुतर्फ
सङ्कटको घडीमा व्यक्ति वा राष्ट्रलाई भावनाले होइन, पूर्वतयारीले
बचाउँछ। नोआको विमानलाई कसैको आँटले मात्र होइन, वर्षौँको अभ्यासले बचाएको थियो। नेपाललाई
साहसी राष्ट्र बनाउने हो भने त्यही अभ्यास हरेक नागरिकसम्म पुर्याउनुपर्छ।
क हरेक विपद्का लागि तयार नागरिक
नेपाल भूकम्प, बाढी, पहिरो, डढेलो, चट्याङ, हिमताल विस्फोट र शीतलहरको
उच्च जोखिममा छ। जलवायु परिवर्तनले यो जोखिम झन् बढाउँदैछ। तयारीका ठोस कदमस् घरघरमास् आपत्कालीन
झोला, परिवारको भेटघाट स्थान र सम्पर्क योजना। भूकम्पमा ुघुँडा टेक, ओत लाग, समातु हरेक बालबालिकालाई कण्ठ हुनुपर्छ।
हरेक वडामास् तालिमप्राप्तसामुदायिक उद्धार टोली, न्यूनतम उपकरणको भण्डार र खुला सुरक्षित स्थलको नक्सा।
हरेक नागरिकलाईस्प्राथमिक उपचार, सीपीआर, रक्तस्राव रोक्ने विधि र आगो निभाउने उपकरण चलाउने सीप। नागरिकता
वा सवारी चालक अनुमतिपत्र लिँदा यो तालिमको प्रमाणपत्र जोड्न सकिन्छ।
तपाईँले प्रदान गर्नुभएको पाठलाई स्पष्ट, सिलसिलेवार र व्यवस्थित (Orderly) ढाँचामा प्रस्तुत गरिएको छ:
१. पूर्वतयारी र संरचनागत सुरक्षा
क) नदी किनार र भवन सुरक्षा
-
नदी किनारका बस्ती: पौडी र जल उद्धारको तालिम तथा माथिल्लो तटबाट आउने पूर्वसूचना मोबाइलमा पुग्ने प्रणाली।
-
संरचनामा भवन संहिता: भवन संहिताको कडा पालना। पुराना विद्यालय र अस्पताल भवनको प्रबलीकरण। बलियो घर नै भूकम्पविरुद्धको पहिलो साहस हो।
ख) अप्रत्याशित नमुना अभ्यास (Unannounced Mock Drills)
क्यालेन्डर हेरेर वर्षको एक दिन गरिने औपचारिक अभ्यासले वास्तविक सङ्कट टार्दैन, किनभने विपद्ले मिति सोधेर आउँदैन। विद्यालय, कलेज, अस्पताल, उद्योग, सरकारी कार्यालय र समुदायमा पूर्वजानकारीबिनाका अभ्यास नियमित हुनुपर्छ।
-
वार्षिक तालिका: वर्षमा कम्तीमा चार पटक— भूकम्प, आगलागी, बाढी र भीड व्यवस्थापन।
-
अभ्यासको चरण: पहिले सूचना दिएर सिकाउने, त्यसपछि मात्र सूचनाबिना जाँच्ने।
-
संवेदनशील वर्गको ध्यान: साना बालबालिका, बिरामी र अपाङ्गता भएका व्यक्तिलाई त्रास नहुने गरी डिजाइन गर्ने। अभ्यास सुरु भएपछि यो ‘अभ्यास हो’ भनेर स्पष्ट पार्ने।
-
सुधार र म्यापिङ: हरेक अभ्यासको समय नाप्ने, कमजोरी टिप्ने र अर्को पटक सुधार्ने। बारम्बारको अभ्यासले शरीरमा ‘मसल मेमोरी’ बनाउँछ। त्यसपछि सङ्कटमा दिमाग आत्तिए पनि खुट्टाले बाटो जान्दछ।
२. व्यावहारिक आत्मरक्षा र नागरिक क्षमता
ग) व्यावहारिक आत्मरक्षा
आत्मरक्षा भनेको अरूमाथि हात उठाउनु होइन। यो खतरा चिन्नु, त्यसबाट जोगिनु, सुरक्षित रूपमा निस्कनु र कमजोरको रक्षा गर्नु हो। विद्यालय तहदेखि नै यो तालिम अनिवार्य हुनुपर्छ (विशेषगरी बालिका र किशोरीका लागि):
-
खतराको सङ्केत चिन्ने र ‘हुँदैन’ भन्न सक्ने आत्मविश्वास।
-
समातिएको अवस्थाबाट छुट्ने र भाग्ने आधारभूत प्रविधि।
-
सहयोग माग्ने तरिका र आपत्कालीन नम्बरको प्रयोग।
-
अनलाइन ठगी, दुर्व्यवहार र मानव बेचबिखनबाट जोगिने सीप।
आत्मरक्षा जानेको मानिस झगडा खोज्दैन, ऊ डरले होइन, आत्मविश्वासले हिँड्छ।
घ) योग, फिटनेस, पोषण र स्वास्थ्यको पाठ्यक्रम
कमजोर शरीर र अस्थिर मनले साहसी निर्णय लिन सक्दैन। कक्षा एकदेखि बाह्रसम्म परीक्षामा अङ्क गनिने र दैनिक अभ्यास हुने एउटा छुट्टै विषय चाहिन्छ। यसका चार खम्बा:
-
योग र प्राणायाम: भय र आवेगलाई नियन्त्रण गर्न तथा स्नायु प्रणालीलाई शान्त राख्न। सङ्कटमा सास सम्हाल्न सक्नेले निर्णय सम्हाल्छ।
-
व्यावहारिक फिटनेस: दौडन, उक्लन, पौडन, भारी बोक्न र लड्दा आफूलाई जोगाउन। विपद्मा काम लाग्ने बल यही हो।
-
पोषण: गुन्द्रुक, कोदो, फापर, गेडागुडी र मौसमी सागपात जस्ता स्थानीय पोषिलो खानाको ज्ञान तथा जङ्क फुड र लागुपदार्थको जोखिमबारे सचेतना।
-
स्वास्थ्य र मानसिक सबलता: सरसफाइ, निद्रा, तनाव व्यवस्थापन र आवश्यक पर्दा सहयोग माग्ने बानी।
३. सामाजिक चेतना र सोचमा रूपान्तरण
ङ) साहस र मूर्खता छुट्याउने सामाजिक चेतना
अन्तिम र सबैभन्दा गहिरो परिवर्तन सोचमा चाहिन्छ:
-
पाठ्यक्रममा: इतिहास पढाउँदा ‘कसले ज्यान दियो’ मात्र होइन, ‘कुन निर्णयले किन जित्यो वा हार्यो’ भनेर पढाउने। नालापानी र कीर्तिपुर दुवैलाई निर्णयको पाठका रूपमा पढाउने।
-
सञ्चार माध्यममा: ज्यान जोखिममा पार्ने स्टन्टलाई ‘बहादुरी’ भनेर प्रचार नगर्ने। तयारीसहितको उद्धारलाई समाचारको नायक बनाउने।
-
सम्मानमा: जोगाइएका जीवनको आधारमा पुरस्कार दिने। दुर्घटना हुन नदिने इन्जिनियर, चालक र शिक्षक पनि वीर हुन्।
-
घरमा: ‘डराउनु हुँदैन’ भन्नुको सट्टा ‘डर लागेपछि के गर्ने’ सिकाउने।
४. मूर्खतालाई साहसमा बदल्ने सूत्र
मूर्खता र साहसको कच्चा पदार्थ एउटै हो— आँट। नेपालीसँग आँटको कमी कहिल्यै थिएन, त्यसैले हाम्रो काम आँट घटाउनु होइन, त्यसमा चार कुरा थप्नु हो:
यीमध्ये जुन तत्त्व हराउँछ, आँट त्यही ठाउँबाट मूर्खतामा चुहिन्छ।
रूपान्तरण तालिका
| आजको मूर्खता | हराएको तत्त्व | रूपान्तरणको उपाय | भोलिको साहस |
| डुब्नेलाई बचाउन पौडी नजानी हामफाल्नु | तालिम, साधन | विद्यालयमा पौडी र जल उद्धार; घाटमा डोरी र लाइफ ज्याकेट | डोरी फालेर वा विधिपूर्वक दुवैको ज्यान जोगाउनु |
| भग्नावशेषमा खाली हात पस्नु | तालिम, साधन | वडास्तरीय खोज तथा उद्धार टोली र उपकरण | सुरक्षित विधिले जीवित मानिस निकाल्नु |
| बाढीमा रिल बनाउनु | ज्ञान, उद्देश्य | जोखिम शिक्षा; त्यही क्यामेराले पूर्वसूचना फैलाउने अभियान | समुदायलाई समयमै सचेत गराउने युवा |
| तीव्र गति र ओभरलोड | जिम्मेवारी | चालक तालिम, कडा नियमन, सुरक्षित चालकको सम्मान | यात्रुको ज्यानलाई आफ्नो जिम्मा ठान्ने चालक |
| बिना तयारी हिमाल चढ्नु | ज्ञान, साधन | मौसम सूचना, अनिवार्य गाइड, फर्कने समयको नियम | शिखर नपुगी फर्कन सक्ने विवेकी आरोही |
| संहिता नमानी घर बनाउनु | ज्ञान, जिम्मेवारी | सस्तो प्राविधिक परामर्श, तालिमप्राप्त डकर्मी, कडा अनुगमन | भूकम्पमा नढल्ने घर |
| झगडामा हात हाल्नु | तालिम | आत्मरक्षा र द्वन्द्व शान्त पार्ने सीप | हिंसा रोक्ने र कमजोरलाई जोगाउने नागरिक |
| दलालको भरमा अवैध बाटो जानु | ज्ञान | वित्तीय साक्षरता, सीप तालिम, वैध प्रक्रियाको जानकारी | सीप र सूचनासहितको सुरक्षित रोजगारी |
| अफवाहमा उत्तेजित भीड | ज्ञान, जिम्मेवारी | सूचना साक्षरता, तथ्य जाँच्ने बानी | प्रश्न सोध्ने र शान्त रहने नागरिक |
५. रूपान्तरणका सात सुझाव
-
‘रोक-सोच-जाँच-अघि बढ’ लाई राष्ट्रिय बानी बनाऔँ: कुनै पनि जोखिमपूर्ण कामअघि दश सेकेन्ड रोकिने— खतरा के हो, मसँग के छ, विकल्प के छ? पाइलटको चेकलिस्ट जस्तै यो हरेक नागरिकको चेकलिस्ट बनोस्।
-
एक वर्षको राष्ट्रिय नागरिक तयारी कार्यक्रम: बाह्र कक्षापछि हरेक युवालाई केही महिनाको विपद् उद्धार, प्राथमिक उपचार, फिटनेस र सामुदायिक सेवाको तालिम। यसले आँटिलो युवालाई तालिमप्राप्त स्वयंसेवक बनाउँछ।
-
जोखिम रोज्ने युवालाई मञ्च दिऔँ: स्टन्ट गर्ने आँटलाई खेलकुद, पर्वतारोहण, दमकल, उद्धार र सुरक्षा सेवाको औपचारिक तालिममा मोडौँ। आँटलाई दबाउने होइन, दिशा दिने।
-
‘फर्कनु पनि वीरता हो’ भन्ने संस्कार: बलभद्र नालापानीबाट निस्के र वीर नै रहे। खराब मौसममा शिखर छाडेर फर्कने आरोही र बाढीमा गाडी रोक्ने चालकलाई समाजले कायर होइन, विवेकी भन्न सिकोस्।
-
हरेक दुर्घटनाबाट सिक्ने प्रणाली: उड्डयन क्षेत्रले हरेक घटनाको कारण खोजेर नियम सुधार्छ। सडक, निर्माण र विपद्का घटनामा पनि दोष खोज्ने होइन, कारण खोज्ने र सार्वजनिक गर्ने परिपाटी बसालौँ।
-
साधनमा लगानी: तालिमप्राप्त मानिसलाई पनि डोरी, डुङ्गा, दमकल र पूर्वसूचना प्रणाली चाहिन्छ। देउथलको पाठ यही होस्— वीरलाई खाली हात नपठाऔँ।
-
नेतृत्वले उदाहरण देखाओस्: नीति निर्माणमा पनि आवेगको सट्टा तथ्य, विज्ञको सल्लाह र दीर्घकालीन हिसाब चलोस्। कालु पाँडेको सल्लाह नसुन्दाको मूल्य इतिहासले एकपटक चुकाइसकेको छ।
६. निष्कर्ष
फोन राख्नुअघि मैले उसलाई भनेँ, “तिमी बहादुर रहेछौ।”
उसले तुरुन्तै सच्याई, “होइन, म तयार थिएँ।”
साहस भनेको मृत्युसँग खेल्नु होइन, जीवन जोगाउन आफ्नो सम्पूर्ण क्षमता र अनुशासनलाई एकाग्र बनाउनु हो। हाम्रो देश भूकम्पको रेखामाथि, नदीको किनारमा र पहिरोको मुनि बसेको छ। यहाँ अर्को सङ्कट आउँछ कि आउँदैन भन्ने प्रश्न नै छैन, प्रश्न एउटै छ— त्यो दिन हामी चिच्याउने भीड हुनेछौँ कि आफ्नो काम जान्ने नागरिक?
इतिहासले ती जाति र राष्ट्रलाई मात्र दीर्घायु बनाएको छ, जसले आफ्नो आँटलाई विवेकको लगाम लगाउन जाने। पुर्खाको वीरतामा गर्व गरौँ, तर त्यो वीरतालाई अन्धो हठले होइन, ज्ञान, प्रविधि र पूर्वतयारीले सुसज्जित गरौँ।
भावनाको आवेगमा उभिएको भीड होइन, सुशिक्षित, स्वस्थ, अनुशासित र सचेत नागरिक नै आजको युगमा राष्ट्रिय अस्तित्वको वास्तविक रक्षाकवच हुन्। सिन्धुलीगढीमा भूगोल पढ्ने, नालापानीमा परिस्थिति तौलने र हिमालमा डोरी जाँच्ने त्यही विवेक अब हरेक कक्षाकोठा, हरेक वडा र हरेक घरमा पुगोस्। त्यस दिन नेपाल वीरहरूको देश मात्र रहने छैन, साँचो अर्थमा साहसीहरूको देश बन्नेछ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ई.रामचन्द्र तिमिल्सिना, #साहस र मूर्खता: विपद्मा अक्कल कि अन्धो आँट?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्