कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा श्यामकृष्ण खड्कीलाई सर्वाधिक मत, एक मतको विवादमा मध्यरातमा कुर्सी हानाहान
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा क्षेत्रीय सभापति श्यामकृष्ण खड्कीले सर्वाधिक मत प्राप्त गर्नुभएको छ।
खड्कीले २९९ मत प्राप्त गर्दै क्षेत्र नम्बर ६ बाट सबैभन्दा बढी मत ल्याउनुभएको हो। उहाँको सर्वाधिक मतसँगै क्षेत्रीय अधिवेशनको परिणामलाई कांग्रेस वृत्तमा चासोका साथ हेरिएको छ।
यद्यपि, निर्वाचन प्रक्रियाका क्रममा भने विवादसमेत उत्पन्न भएको थियो। मतगणनाका क्रममा निर्वाचन समितिले १ मत फरक पारेको विषयलाई लिएर केही नेता तथा कार्यकर्ताबीच विवाद भएको कांग्रेस स्रोतले जनाएको छ।
स्रोतका अनुसार विवाद बढ्दै जाँदा मध्यरातमा केही नेता तथा कार्यकर्ताबीच टेबल हानाहानसमेत भएको थियो। निर्वाचन प्रक्रिया र मतगणना सम्पन्न भइसकेपछि पनि तत्काल परिणाम घोषणा हुन नसकेपछि क्षेत्र नम्बर ६ को कांग्रेस राजनीतिमा थप तरंग उत्पन्न भएको थियो।
निर्वाचन प्रक्रिया, मतगणना तथा परिणाम घोषणाका विषयमा देखिएको विवादबारे निर्वाचन समितिबाट भने औपचारिक धारणा सार्वजनिक हुन बाँकी छ।
सर्वाधिक मतसहित श्यामकृष्ण खड्की केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुलाई काठमाडौं क्षेत्र नम्बर ६ को कांग्रेस राजनीतिमा महत्वपूर्ण परिणामका रूपमा हेरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा श्यामकृष्ण खड्की
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्