वडाध्यक्षमाथि भएको आक्रमणको पुर्वराज्यमन्त्री खड्काद्धारा भत्सर्ना
सखुवासभाको खाँदबारी नगरपािलका ५ का कार्यवहाक वडाध्यक्ष श्याम निरौलामाथि खुकुरी प्रहार भएको घटनाको पुर्वराज्यमन्त्री दिपक खड्काले भत्सर्ना गर्नुभएको छ । खुकुरी प्रहारबाट सख्त घाइते भएका निरौलाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भईरहेको छ ।
विज्ञप्तिको पूर्णपाठ
प्रेस बिज्ञप्ति
नेपाली कांग्रेस जिल्ला कार्यसमिति, संखुवासभाका सदस्य, नेपाल पत्रकार महासंघका पुर्व जिल्ला अध्यक्ष एवम खाँदबारी नगरपालिका वडा नं. ५ का का.वा. वडाध्यक्ष माल्टा निवासी युवा नेता श्री श्यामप्रसाद निरौला माथि हत्या गर्ने मनसायका साथ भएको कयरतापुर्ण सांघातिक आक्रमणको खबरले म स्तब्ध भएको छु ।
निरौला लाई गएराती करिव ८ बजे वडा कार्यालय नजिकै खुकुरी लगायत धारिला घरेलु हतियार प्रयोग गर्दै मरणासन्न हुनेगरी कुटपिट समेत गरि गम्भीर घाइते तुल्याइएको छ ।
यस प्रकारको बर्बरतापुर्ण जगन्य अपराधको म घोर निन्दा र भत्सर्ना गर्दछु । यो अपराधीक कार्यमा सङ्लग्न जोसुकै भएपनी पक्राउ गरि अबिलम्ब कानुनी कर्बाहिको दाहेरामा ल्याइ कडा भन्दा कडा कार्बाही गर्न स्थानीय प्रशासन समक्ष म जोड्दार माग गर्दछु । कुनै पनि बाहानाम अपराधीहरु लाई संरक्षण गर्ने वा जोगाउने कार्य भएमा बाध्य भएर परिस्थिति प्रतिकार्बही तर्फ जाने र यसले भयाभय स्थिति निम्तिन सक्ने तर्फ समेत सचेत गराउन चाहान्छु । सथै उपचारत गम्भीर घाइते युवा नेता श्याम प्रसाद निरौला को सिघ्र स्वास्थ लाभको कामना गर्दछु ।
मा. दिपक खडका
पुर्बराज्यमन्त्री तथा संबिधान सभा सदस्य
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्