Techie IT
आईतबार, असोज ११,२०८३

कांग्रेस संस्थापन इतर समूहले पनि अगाडि बढायो महाधिवेशनको प्रक्रिया


काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पनि १५ औं महाधिवेशनको प्रक्रिया अघि बढाएको छ ।

शनिबार सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरेको हो ।

महाधिवेशनका लागि ७ लाख ८३ हजार ८३६ जना पार्टी क्रियाशील अद्यावधिक गरिएको र जसमध्ये ५ लाख ७३ हजार २६९ जना पुराना तथा २ लाख १० हजार ५६७ जना नयाँ सदस्य रहेको सदस्यता व्यवस्थापन समितिका संयोजक किरणराज शर्मा पौडेलले जानकारी दिए ।

त्यस्तै, उनले असोज १५ गते हुने वडा अधिवेशनसँगै महाधिवेशनको प्रक्रिया सुरु हुने बताए ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले सबैलाई समेटेर महाधिवेशन प्रक्रिया अघि बढाइएको जानकारी दिए । आगामी महाधिवेशन परीक्षाको समय भएको भन्दै कोइरालाले महाधिवेशनले पार्टीको भविष्यको बाटो देखाउने धारणा राखे । कांग्रेस बलियो विचार भएको पार्टी भएकाले जोशका साथ अघि बढ्न खोजिएको उनको भनाइ छ ।

त्यस्तै, कांग्रेस नेता डा. प्रकाशशरण महतले एकताको महाधिवेशन सम्पन्न गर्न ढोका खुला गरेर संवाद गरे पनि सफल नभएकाले पूर्वनिर्धारित तालिका अनुसार नै महाधिवेशन प्रक्रिया अघि बढ्ने बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कांग्रेस संस्थापन इतर समूहले पनि अगाडि बढायो महाधिवेशनको प्रक्रिया


तपाईको कमेन्ट लेख्नुहोस्