Techie IT
मंगलबार, असोज ६,२०८३

तारकेश्वर खेलकुद विकास समितिका अध्यक्ष बिक्रम खड्गी कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तारकेश्वर नगरपालिका–२ मा सम्पन्न वडा अधिवेशनबाट तारकेश्वर नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष बिक्रम खड्गी क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएको छ।

खड्गी जनजाति पुरुष समूहबाट क्षेत्रीय प्रतिनिधिमा चयन हुनुभएको हो। खेलकुद क्षेत्रमा समेत सक्रिय रहँदै आउनुभएका खड्गीले तारकेश्वर नगरपालिकाको खेलकुद विकास समितिको अध्यक्षका रूपमा नगर क्षेत्रका खेलकुद गतिविधिमा भूमिका निर्वाह गर्दै आउनुभएको छ।

वडा अधिवेशनले रमेश फुयाँलको नेतृत्वमा वडा कार्यसमितिसमेत सर्वसम्मत चयन गरेको छ। सहभागी कांग्रेस प्रतिनिधिहरूबीच सहमतिका आधारमा वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन गरिएको हो।

खड्गीको क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयनसँगै तारकेश्वर कांग्रेसको संगठनात्मक गतिविधिमा खेलकुद क्षेत्रबाट पनि प्रतिनिधित्व भएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तारकेश्वर नगरपालिकाका विभिन्न वडामा वडा अधिवेशनमार्फत नयाँ नेतृत्व तथा क्षेत्रीय प्रतिनिधि चयन गर्ने क्रम जारी रहेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #बिक्रम खड्गी


तपाईको कमेन्ट लेख्नुहोस्