Techie IT
बिहीबार, जेठ २,२०८२

अज्ञात समूहको खुकुरी प्रहारबाट कार्यवाहक वडाध्यक्ष गम्भीर घाइते


संखुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका ५ का कार्यवाहक अध्यक्ष श्याम निरौलामाथि आक्रमण भएको छ । शुक्रबार साँझ ८ बजे वडा कार्यालय नजिकै अज्ञात समूहले आक्रमण गर्दा निरौला गम्भीर घाइते भएको नगरप्रमुख मुरारी खतिवडाले जानकारी दिनुभयो ।

अज्ञात समुहको खुकुरी प्रहारबाट निरौलाको टाउकोमा गम्भिर चोट लागेको छ । घटना कसले गरे गराएको भन्नेबारे पत्ता लागिनसकेको र निरौलाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भईरहेको नगर प्रमुख खतिवडाले बताउनुभयो ।

यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घाईते निरौला नेपाल पत्रकार महासंघ संखुवासभाका पूर्वअध्यक्ष पनि हुनुहुन्छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:13 am6:46 pm +0545