चिनियाँ पक्षको चेतावनी : रसुवामा पुनः बाढी आउन सक्ने, ७ मिटरको बाँध फुट्ने जोखिम
काठमाडौं । चिनियाँ पक्षले रसुवामा पुनः बाढी आउन सक्ने चेतावनी दिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका एक अधिकारीलाई चिनियाँ पक्षले दिएको जानकारीअनुसार, बाढी आएको क्षेत्रमा अझै करिब ७ मिटर अग्लो पानी थुनिएको प्राकृतिक बाँध रहेको र उक्त बाँध जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेको जनाइएको छ।
चिनियाँ पक्षबाट प्राप्त उक्त सूचनापछि नदी तथा खोलाको तटीय क्षेत्रमा रहेका नागरिक तथा राहत–उद्धारमा खटिएका सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
प्राप्त जानकारीअनुसार, उक्त प्राकृतिक बाँध फुटेमा तल्लो तटीय क्षेत्रमा पुनः बाढीको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सुरक्षित स्थानमा रहन आग्रह गरिएको हो।
राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा अन्य टोलीलाई समेत सम्भावित जोखिमलाई ध्यानमा राख्दै विशेष सतर्कता अपनाउन भनिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #७ मिटरको बाँध फुट्ने जोखिम, #चिनियाँ पक्षको चेतावनी : रसुवामा पुनः बाढी आउन सक्ने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्