Techie IT
शनिबार, भदौ ६,२०८३

‘तिब्बतको परिदृश्य ः नयाँ युग, नयाँ विकास’ बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न


काठमाडौं । चाइना सोसाइटी फर ह्युमन राइट्स स्टडीज, राष्ट्रिय मानव अधिकारी आयोग नेपाल र त्रिभुवन बिश्वविधालयको संयुतm आयोजनामा ‘तिब्बतको परिदृश्य ः नयाँ युग, नयाँ विकास’ बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर ,सीपीपीसीसीको राष्ट्रिय समितिको स्थायी समितिका सदस्य जिआङ जिआनजुओ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङको आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा चीन र नेपालका विभिन्न क्षेत्रका तीन सयभन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो ।

कार्यक्रममा उप–निर्देशक जियाङले यस वर्ष चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको शान्तिपूर्ण मुक्तिको ७५औँ वार्षिकोत्सव भएको बताए । विगत ७५ वर्षमा, चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ सरकारले जीवनयापन र विकासको अधिकारलाई सधैँ प्राथमिक तथा आधारभूत मानव अधिकारका रूपमा लिँदै आएको उनको भनाई थियो । ‘सिजाङमा आएको नाटकीय परिवर्तन नयाँ युगमा चीनको मानव अधिकार विकासको सबैभन्दा जीवन्त उदाहरण हो’, जियाङले भने ।

आयोगका अध्यक्ष मगरले मानव अधिकारको प्रवद्र्धन र संरक्षणका लागि चीनले गरेका प्रयासहरूको उच्च प्रशंसा गरे । राष्ट्रिय मानव अधिकार आयोग मानव अधिकारको प्रवद्र्धन र संरक्षणका क्षेत्रमा चीनसँगको सहकार्यलाई अझ सुदृढ बनाउन इच्छुक भएको उनको भनाई थियो ।

चिनियाँ राजदूत झाङले जीवन्त, खुला, सौहार्दपूर्ण र हरित सिजाङ (तिब्बत) निर्माणसम्बन्धी विकासका अवधारणाहरूले दुई देशबिचको सम्बन्ध अझ गहिरो बनाउने बताए । आर्थिक तथा सामाजिक विकास र तल्लो तहको शासन व्यवस्थापनमा सिजाङको अनुभव नेपालका लागि एउटा उपयोगी उदाहरण बन्न सक्ने उनको भनाई थियो । उनले विकासका अवसरहरूलाई ठोस सहकार्यको नतिजामा परिणत गर्न तथा नेपाल र चीनका जनतालाई अझ बढी लाभ पु¥याउन नेपालसँग मिलेर काम गर्न तयार रहेको बताए ।

अनुभव तथा कथाहरू आदानप्रदान गर्ने उक्त मञ्चलाई “खुला सिजाङ,“ “जीवन्त सिजाङ,“ “सुमधुर सिजाङ“ र “हरित सिजाङ“ गरी चारवटा विषयगत खण्डहरूमा विभाजन गरिएको थियो । चीन र नेपालका अतिथिहरूले वास्तविक, बहुआयामिक र समग्र सिजाङका जीवन्त कथाहरू र तस्बिरहरू प्रदर्शन गरिएको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्