कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा पक्षले मुद्दा हाल्ने
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको १५ औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च जाने भएको छ ।
इतर पक्षका नेता डा. शशांक कोइराला निवासमा बसेको शीर्ष नेताहरूको बैठकले भोलि सर्वोच्च जाने निर्णय गरेको हो । भोलि अदालत जाने गरी कानून व्यवसायीले तयारी गरिरहेको नेता एनपी साउदले बताए ।
उनले नेपाल प्रेससँग भने, ‘शीर्ष नेताहरूको समन्वयमा साथीहरूले तयारी गरिराख्नुभएको छ। भोलि मुद्दा दर्ता हुन्छ।’
पूर्वसभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट बेग्लाबेग्लै निवेदन दर्ता हुने उनले बताए।
उनले थपे, ‘सुरुदेखि नै उहाँहरूले बेग्लाबेग्लै निवेदन दिइराख्नुभएको छ। विषयवस्तु एउटै भएपनि भोलि छुट्टाछुट्टै दिने गरी तयारी भइरहेको छ।’
देउवा समूहले गगन थापा नेतृत्वका कार्यसमितिलाई अस्वीकार गर्दै हालैको भेलाबाट देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा पक्ष
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्