अण्डाको मूल्य फेरि बढ्यो
काठमाडौं । बर्डफ्लुको प्रभाव क्रमशः कम हुँदै उपभोक्ताको माग बढ्न थालेपछि अण्डाको मूल्य फेरि बढेको छ ।
नेपाल लेयर्स कुखुरापालक सङ्घले उत्पादनमा आएको कमी र बजारमा बढ्दो खपतलाई आधार मान्दै आजदेखि नयाँ समर्थन मूल्य लागू गरेको हो ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार फार्म मूल्यमा ठूलो, मिडियम र एक्सएल अण्डाको प्रतिक्रेट ३० रुपैयाँले मूल्य वृद्धि गरिएको छ । नयाँ मूल्य अनुसार ठूलो अण्डा प्रतिक्रेट ५३० रुपैयाँ, मिडियम ५०० रुपैयाँ र एक्सएल ५४५ रुपैयाँ कायम गरिएको छ। सानो अण्डाको मूल्य भने प्रतिपेटी (सात क्रेट) ३ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
सङ्घका अनुसार बर्डफ्लु र एच–नाइन संक्रमणका कारण अण्डा उत्पादन अझै पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन सकेको छैन । चैतदेखि असारसम्म दैनिक उत्पादन ४३ लाखबाट घटेर २८ लाखमा सीमित भएको थियो । यसले बजारमा दैनिक करिब १५ लाख अण्डाको अभाव सिर्जना गरेको सङ्घले जनाएको छ ।
संक्रमणका कारण देशभर करिब १० लाख लेयर्स कुखुरा नष्ट हुँदा किसानले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको सङ्घको भनाइ छ ।
अहिले बर्डफ्लुको प्रभाव कम भएसँगै बजारमा माग बढिरहेको भए पनि उत्पादन पुरानै अवस्थामा पुग्न अझै केही समय लाग्ने अनुमान गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #अण्डाको मूल्य फेरि बढ्यो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्