Techie IT
शुक्रबार, असोज १६,२०८३

टोखाको मालुङमा भ्यान दुर्घटना , करिब ३० मिटर तल खस्यो


टोखा, काठमाडौं। टोखा नगरपालिका–२ स्थित मालुङ, पंचेटार–साङ्गला मोडमा आज बिहान एक भ्यान दुर्घटनामा परेको छ।

प्रदेश ३–०१–०२४ च २०३३ नम्बरको भ्यान मोडमा नियन्त्रण गुमाउँदा सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार भ्यानमा सवार यात्रुले सामान्य चोटपटक मात्र  लागेको छ। दुर्घटनामा भ्यान आंशिक रूपमा क्षतिग्रस्त भएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे  आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #टोखाको मालुङमा भ्यान दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्