काठमाडौंमा २७ वर्षीयाअर्का एक महिलाले गरिन् आत्मदाह प्रयास
काठमाडौं । काभ्रेकी २७ वर्षीया सालु गुरुङले काठमाडौंको बौद्धमा आत्मदाह प्रयास गर्दा उनको शरीरको करिब ५० प्रतिशत भाग जलेको छ ।
घटनापछि उनलाई सुरुमा सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो । अवस्था गम्भीर भएपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
बौद्धमै खाजाघर सञ्चालन गर्दै आएकी विवाहित गुरुङले आत्मदाह प्रयास गर्नुको कारण खुलेको छैन ।
यसअघि काठमाडौंमै मुगुका गणेश नेपालीले आत्मदाह प्रयास गरेका थिए । उपचारकै क्रममा उनको निधन भएको थियो ।
यस्तै, काठमाडौंको बुद्धनगर निवासी ४५ वर्षीय आश्विन राउत र सर्लाहीका विवेक मण्डलले आत्मदाह प्रयास गर्दा उनीहरुको पनि उपचारको क्रममा निधन भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आत्मदाह प्रयास
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्