काठमाडौंका मिडिया हाउस र भाटभटेनी अगाडि शंकास्पद गाडी
काठमाडौं । काठमाडौंका विभिन्न सञ्चारगृह र भाटभटेनी सुपरमार्केट अगाडि बेवारिसे अवस्थामा शंकास्पद गाडीहरू फेला परेको छ । सोमबार तीनकुनेस्थित कान्तिपुर पब्लिकेशनको गेटअगाडि पार्क गरिएको गाडीलाई प्रहरीले क्रेन लगाएर हटाएको छ ।
त्यस्तै, नयाँबानेश्वरको अनलाइनखबर र मध्यबानेश्वरको हिमालय टेलिभिजनको कार्यालय बाहिर पनि शंकास्पद सवारीसाधन राखिएको छ । अनामनगरस्थित भाटभटेनी सुपरमार्केट अगाडि सोमबार बिहान ७ बजेदेखि नै अर्को गाडी पार्क गरिएको अवस्थामा फेला परेको छ ।
यसैबीच, नेपाल पत्रकार महासंघले सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्क गरेर पत्रकारको काममा अवरोध पुर्याउने काम निन्दनीय भएको भन्दै तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
महासंघले विज्ञप्ति जारी गर्दै सञ्चारगृहको गेटमा राखिएका गाडी तत्काल हटाई सञ्चारकर्मी र सञ्चार संस्थाको सुरक्षा सुनिश्चित गर्न माग गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौंका मिडिया हाउस र भाटभटेनी अगाडि शंकास्पद गाडी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्