तारकेश्वर नगरपालिकामा काठमाडौंका स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु , वित्तीय अनुशासनमा प्रश्न
काठमाडौं । तीन तहका सरकारमध्ये स्थानीय तहमा बेरुजु बढी देखिने अवस्थामा काठमाडौंका स्थानीय तहमध्ये तारकेश्वर नगरपालिका मा सबैभन्दा बढी बेरुजु देखिएको छ।
महालेखा परीक्षकको कार्यालय ले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदन अनुसार काठमाडौंका १० स्थानीय तहमध्ये तारकेश्वर नगरपालिकाको बेरुजु दर सबैभन्दा बढी ३.५९ प्रतिशत रहेको छ।
प्रतिवेदनअनुसार बजेट कार्यान्वयन, लेखा पारदर्शिता तथा वित्तीय अनुशासनको मामिलामा तारकेश्वर नगरपालिका अन्य स्थानीय तहको तुलनामा कमजोर देखिएको छ। प्रशासनिक, आर्थिक तथा नीतिगत पक्षमा थप प्रभावकारी व्यवस्थापन आवश्यक रहेको प्रतिवेदनले औंल्याएको छ।
बजेटको जथाभावी खर्च, आफूखुसी बजेट परिचालन तथा उत्पादनमुखी क्षेत्रभन्दा बाहिर स्रोत परिचालन गर्ने प्रवृत्तिका कारण बेरुजु बढ्ने गरेको विश्लेषण गरिएको छ।
त्यसैगरी, काठमाडौंका स्थानीय तहमध्ये टोखा नगरपालिका मा बेरुजु दर सबैभन्दा कम रहेको छ। महालेखा परीक्षकको प्रतिवेदनअनुसार टोखा नगरपालिकाको बेरुजु दर ०.३६ प्रतिशत रहेको छ।
टोखा नगरपालिकाको यो उपलब्धिलाई सुशासन, वित्तीय अनुशासन, पारदर्शिता र उत्तरदायी प्रशासनको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वर नगरपालिका काठमाडौंका स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु, #वित्तीय अनुशासनमा प्रश्न
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्