Techie IT
मंगलबार, असार ९,२०८३

महिला भजन समूहलाई एमाले खाँदबारी नगर कमिटीद्वारा हार्मोनियम हस्तान्तरण


संखुवासभा, खाँदबारी । खाँदबारी नगरपालिका–११ मा क्रियाशील महिला भजन समूहलाई नेकपा (एमाले) खाँदबारी नगर कमिटीले हार्मोनियम हस्तान्तरण गरेको छ ।

धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सक्रिय महिला दिदीबहिनीहरूको समूहलाई सहयोग गर्ने उद्देश्यले हार्मोनियम प्रदान गरिएको नगर कमिटीले जनाएको छ ।
हार्मोनियम हस्तान्तरण कार्यक्रममा बोल्दै नेकपा (एमाले) खाँदबारी नगर कमिटीका अध्यक्ष देबेन्द्र घिमिरेले समाजमा सकारात्मक भूमिका निर्वाह गरिरहेका महिला भजन समूहलाई सानो सहयोगमार्फत उत्साह थप्न पाएकोमा खुशी व्यक्त गर्नुभयो।

उहाँले धार्मिक तथा सांस्कृतिक गतिविधिहरूले सामाजिक एकता र सद्भाव कायम राख्न महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै आगामी दिनमा पनि यस्ता सकारात्मक, सिर्जनात्मक र समाज रूपान्तरणमा सहयोग पुग्ने गतिविधिहरूलाई निरन्तर प्रोत्साहन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्थानीय महिला भजन समूहका सदस्यहरूले प्राप्त सहयोगले भजन–कीर्तन तथा सांस्कृतिक कार्यक्रम सञ्चालनमा थप सहजता हुने विश्वास व्यक्त गरेका छन् । कार्यक्रम स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थितिमा सम्पन्न भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले, #नेकपा एमाले नगर कमिटी खांदबारी, #संखुवासभा, #सहयोग


तपाईको कमेन्ट लेख्नुहोस्