Techie IT
आईतबार, असार ७,२०८३

रास्वपा महाधिवेशन आजदेखि, रवि–बालेनले उद्घाटन गर्ने


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आज (आइतबार)देखि चितवनमा सुरु हुँदैछ ।

चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा हुने महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन साहले गर्नेछन् ।

रास्वपाका प्रवक्ता मनीष झालले महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको जानकारी दिए । उनका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ । महाधिवेशन स्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत काम सकिएको छ ।

शनिबार भरतपुरमा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको संरचना समेत संशोधन गरेको छ । सचिवालयले विधान परिवर्तन गरेर १५१ सदस्यीय केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेको छ ।

बैठकले पार्टी विधानमा वरिष्ठ नेतासहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्नेगरी विधान परिवर्तन गर्ने निर्णय गरेको रास्वपाले जनाएको छ ।

असार ९ गतेसम्म चल्ने महाधिवेशनले रास्वपाको नयाँ नेतृत्व चयन गर्नेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रास्वपा महाधिवेशन


तपाईको कमेन्ट लेख्नुहोस्