आज देखिएका सर्लाही, धनुषा र महोत्तरीका पुरानै, संक्रमित २४५ नै संक्रमित

काठमाडौँ, १ जेठ : कोरोना भाइरस (कोभिड १९)को संक्रमणको संख्या २४५ नै रहेको जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले निकालेको विज्ञप्ति अनुसार नयाँ देखिएका पाँच जना संक्रमित पुरानै रहेकोले संक्रमितको संख्या २४५ जना नै रहेको बताउनु भएको छ ।
यसअघिको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा धनुषा, महोत्तरी र सर्लाही तीन जिल्लाका पाँच जना भनिएकोमा सच्चाइएको उहाँले जानकारी दिनुभयो ।
“ अद्यावधिक विवरण अनुसार कोभिड १९ को पुष्टि भएकाहरुको जम्मा संख्या २४५ नै रहेको छ,” उहाँले जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ, “ पछिल्लो अद्यावधिक विवरण अनुसार २५० भएकोमा प्राविधिक कारणले पहिल्यै नै पुष्टि भएका पाँच जनाको विवरण पुनः रिर्पोटिग भएको जानकारी गराउनु चाहन्छु ।”
यसअघि मन्त्रालयले २५० जनामा कोभिड १९ भएको पुष्टि गरेको थियो । मन्त्रालयले ७ः ४५ बजे जारी गरिएको विज्ञप्तिमा रहेका संक्रमित पुरानै रहेको जनाएको १०ः १५ बजे जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले आज देखिएका नयाँ संक्रमितमध्ये काठमाडौँ, चन्द्रागिरीका ३२ बर्षिय पुरुष र कपिलवस्तुका ६ बर्षिया बालिका मात्र रहेको बताउनुभयो ।
मन्त्रालयले पहिले दुई जना र पछि पाँच जना नयाँ संक्रमित रहेको भन्दै विज्ञप्ति मार्फत जानकारी गराएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #कोभिड १९
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्