Techie IT
शनिबार, असार ६,२०८३

सामुदायिक सेवा केन्द्र गोंगबुँद्वारा सहयोगदातालाई सम्मान


काठमाडौं । “समुदाय प्रहरी साझेदारी” कार्यक्रमअन्तर्गत “हाम्रो प्रहरी” अभियानलाई लक्षित गर्दै सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, गोंगबुँको आयोजनामा सम्मान तथा ताम्रपत्र अनावरण कार्यक्रम सम्पन्न भएको छ।

शनिबार आयोजित कार्यक्रममा GEN-Z प्रदर्शनका क्रममा क्षतिग्रस्त बनेको सामुदायिक सेवा केन्द्रको भवन मर्मत कार्यमा नगद तथा जिन्सी सहयोग पुर्‍याउने दाताहरूलाई सम्मान गरिएको थियो। साथै, सहयोगदाताहरूको योगदानको कदर गर्दै ताम्रपत्र अनावरणसमेत गरिएको थियो।

कार्यक्रम सामुदायिक सेवा केन्द्रका अध्यक्ष मिना शिवाकोटीको सभाध्यक्षतामा तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौं का प्रमुख दिलिप घिमिरे, प्रहरी वृत्त महाराजगञ्ज का प्रमुख नवराज पोखरेल, प्रहरी प्रभाग नयाँ बसपार्क का प्रमुख शंकर श्रेष्ठ तथा ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्क का प्रमुख राजेश सिलवाल को उपस्थिति रहेको थियो।

त्यसैगरी टोखा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामभक्त घिमिरे, नेपाल यातायात व्यवसायी महासंघ का अध्यक्ष पुण्यप्रसाद सिटौला लगायत सेवा केन्द्रका सल्लाहकार, बुद्धिजीवी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, सदस्य तथा सामुदायिक प्रहरीको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले समुदाय र प्रहरीबीचको सहकार्यले शान्ति सुरक्षा सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए। साथै, सामाजिक उत्तरदायित्व र सामुदायिक एकताबाट यस्ता सहयोगमूलक कार्यले थप सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिएको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #सामुदायिक सेवा केन्द्र गोङ्गबु


तपाईको कमेन्ट लेख्नुहोस्