Techie IT
शनिबार, असार ६,२०८३

रास्वपा महाधिवेशनमा भोलि देखि सुरू , सुरक्षा कडा आवश्यक परे सेनासमेत निस्कन सक्ने


चितवन । चितवनमा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सुरक्षा व्यवस्थाका लागि चारवटै सुरक्षा संयन्त्रले योजना निर्माण गरेका छन् । जसमा आवश्यक परेको खण्डमा नेपाली सेना समेत खटिन सक्ने छ । पहिलो घेरामा प्रहरीको सुरक्षा रहने छ । जसमा जिल्ला प्रहरी कार्यालय र बागमती प्रदेश प्रहरी कार्यालयबाट समेत थप जनशक्ति ल्याइनेछ ।

सुरक्षा निकायले ट्राफिक व्यवस्थापन र नारायणी पुल जस्ता क्षेत्रलाई बढी संवेदनशील क्षेत्रको रुपमा लिएको छ । ती ठाउँमा सुरक्षा व्यवस्थापन र सहज आवागमनको लागि यातायातका साधन डाइभर्ट गर्ने र आवश्यक पर्दा सशस्त्र प्रहरी, नेपाली सेनालाई समेत सुरक्षामा खटाइने निर्णय भएको हो ।

रास्वपाको महाधिवेशन भोलि (आइतबार) देखि सुरू हुँदैछ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रास्वपा महाधिवेशनमा भोलि देखि


तपाईको कमेन्ट लेख्नुहोस्