नेकपाले विशाल आइटी फौज तयार गर्दैछ : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई नयाँ दिशामा अघि बढाउने उद्देश्यसहित डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै ‘आइटी फौज’ निर्माण गर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेकपाको डिजिटल सदस्यता नवीकरण तथा वितरण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले पार्टी संगठन विस्तारका लागि डिजिटल प्रविधिको प्रयोग अपरिहार्य भइसकेको भन्दै नयाँ आवश्यकतासँग लड्न सक्ने बनाउन आइटी आर्मी चाहिएको बताए ।
उनले भने, ‘हाम्रो पार्टी अहिले नयाँ सिराबाट अगाडि बढ्न खोजिरहेको छ । सबैले सोच्ने बेला पनि भएको छ । अहिले सदन, सडक र सरकारका सबै मोर्चाबाट संघर्ष गर्ने मुडमा छौँ । आइटी प्रयोग गर्ने सन्दर्भमा आइटी सेना वा एउटा विशाल आइटी फौज तयार गर्नुपर्ने नै भयो । पार्टीलाई सुदृढ, विस्तार गर्ने र नयाँ आवश्यकतासँग लड्न सक्ने बनाउनको लागि विशाल आइटी आर्मी चाहियो । यो कम्युनिष्टहरुले मात्रै सक्ने कुरा हो । लाखौं जनतालाई गोलबद्ध गरेर त्यस्तो फौज तयार पार्ने कुरा कम्युनिष्ट र देशलाई माया गर्ने पक्षधरहरु नै गर्न सक्ने कुरा हो ।’
उनले डिजिटल क्षेत्रमा लगानी कम भएको भन्दै चुनावी खर्चसँग तुलना गर्दै असन्तुष्टि पनि व्यक्त गरे ।
उनले भने, ‘चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो । एउटै निर्वाचन क्षेत्रमा करोडौं खर्च भएको छ, त्यही रकमको आधा आईटीमा लगाएको भए परिणाम फरक हुन सक्थ्यो ।’
कार्यक्रममा उनले पार्टीलाई जनताको पक्षमा अझ मजबुत बनाउने र डिजिटल माध्यमबाट जनसंगठन विस्तार गर्ने योजना रहेको पनि बताए । साथै, उनले वर्तमान सरकारको नीति तथा कार्यक्रमप्रति आलोचना गर्दै सरकार गरिब, मजदुर र किसानको हितभन्दा बढी उच्च वर्गको हितमा केन्द्रित भएको आरोप लगाए ।
‘सरकारको नीति कार्यक्रम, बजेट र अन्य सबै निर्णय सबैले सरकार नेपालका गरिब दुखी ,मजदुर किसानका विरुद्ध छ भन्ने कुरा प्रष्ट देखिएको छ । उच्च वर्गको हित रक्षा गर्ने कुरामा केन्द्रीत छ भन्ने कुरा प्रष्ट देखिएको छ,’ उनले भने ।
उनले प्रतिक्रियावादीहरुलाई फाइदा पुग्नेगरी निराशाको खेती नगरी नयाँ सोच र जोशकासाथ अघि बढ्न पार्टीका सम्पूर्ण सदस्यहरुलाई निर्देशन दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपाले विशाल आइटी फौज तयार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्