म प्रधानमन्त्री र न्यायाधीश मात्र होइन, साहित्यप्रेमी पनि हुँ : सुशीला कार्की
काठमाडौं । पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आफूलाई साहित्यसँग सधैं नजिक महसुस गर्ने व्यक्तिका रूपमा प्रस्तुत गर्दै कालिंगी साहित्य महोत्सवमा आफ्ना जीवनका विविध अनुभवहरू सुनाएकी छन् ।
काठमाडौंमा आयोजित कालिङ्ग साहित्य महोत्सवमा प्रमुख अतिथिका रूपमा बोल्दै कार्कीले महोत्सवमा सहभागी हुन पाउँदा आफूलाई दीपावली र दुर्गापूजाजस्तै गौरवको अनुभूति भएको बताइन् ।
आयोजकहरूको निमन्त्रणापछि कार्यक्रममा सहभागी हुन सहर्ष स्वीकार गरेको उल्लेख गर्दै उनले यस्ता साहित्यिक कार्यक्रमले सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखिन् । आफ्नो व्यावसायिक जीवनबारे चर्चा गर्दै कार्कीले ३१ वर्ष वकालत पेशामा बिताएको, त्यसपछि न्यायाधीश र प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेको स्मरण गरिन् ।
उनले संविधानले न्यायाधीशलाई कार्यकारी भूमिकामा जान निषेध गरे पनि देशमा शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सम्पन्न गराउनुपर्ने आवश्यकता देखिएकाले अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी स्वीकार गरेको बताइन् ।
उनले उक्त जिम्मेवारी चुनौतीपूर्ण भएपनि न्यायिक पृष्ठभूमिका सहकर्मीहरूको सहयोगका कारण निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न सफल भएको उल्लेख गरिन् । त्यसबेला धेरै राजनीतिक दल र बुद्धिजीवीहरूले छ महिनाभित्र निर्वाचन सम्भव नठानेको भए पनि कठोर परिश्रमका कारण लक्ष्य पूरा भएको उनको भनाइ थियो ।
साहित्यप्रतिको आफ्नो लगावबारे बोल्दै कार्कीले सन् १९८० देखि कविता, कथा तथा अनुवाद लेखनमा सक्रिय रहेको जानकारी दिइन् । वकालत र न्यायिक जिम्मेवारीका कारण केही समय साहित्यबाट टाढिए पनि साहित्यप्रतिको रुचि कहिल्यै नहराएको उनले बताइन् ।
उनले जेल जीवनका अनुभवलाई आधार बनाएर ‘कारा’ नामक उपन्यास लेखेको प्रसंग पनि सुनाइन् । २०४६ सालको जनआन्दोलनका क्रममा दुई महिना जेल बसेको अनुभवले उक्त कृति लेख्न प्रेरित गरेको उनको भनाइ थियो ।
जेलमा रहेका विभिन्न महिलाहरूको जीवन र भोगाइलाई नजिकबाट अध्ययन गरेपछि उपन्यासको विषयवस्तु तयार भएको उनले बताइन् ।
कार्कीले आफ्नो नातीको जन्म र श्रीमानको गम्भीर स्वास्थ्य अवस्थाबीच प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुपरेको भावुक क्षण पनि स्मरण गरिन् । सार्वजनिक जिम्मेवारीका कारण परिवारलाई पर्याप्त समय दिन नसकेको पीडा आफूले अनुभव गरेको उनले सुनाइन् ।
कार्कीले आफूलाई केवल प्रधानमन्त्री, न्यायाधीश वा कानुन व्यवसायीका रूपमा मात्र नहेर्न आग्रह गर्दै आफू साहित्यप्रेमी पनि भएको बताइन् ।
जीवनभर संचित गरेका कथा, अनुभव र अधुरा कृतिहरू प्रकाशित गर्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै साहित्यिक समुदायले आफूलाई आफ्नै सदस्यका रूपमा स्वीकार गरिरहनुपर्ने अपेक्षा व्यक्त गरिन् ।
क्याटेगोरी : समाचार
ट्याग : #म प्रधानमन्त्री र न्यायाधीश मात्र होइन, #साहित्यप्रेमी पनि हुँ : सुशीला कार्की
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्