टोखामा मेलमिलापकर्तालाई कानुनी तथा व्यवहारिक प्रशिक्षण
काठमाडौं, जेठ ३१ । टोखा नगरपालिकामा सूचीकृत मेलमिलापकर्ताहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित पुनर्ताजगी तालिम सम्पन्न भएको छ। स्थानीय स्तरमा हुने विवादहरूको समाधान प्रक्रियालाई थप प्रभावकारी, सहज र विश्वसनीय बनाउने लक्ष्यसहित नगरपालिकाले उक्त तालिम सञ्चालन गरेको हो।
तालिमका क्रममा सहभागी मेलमिलापकर्ताहरूले मेलमिलापसम्बन्धी कानुनी व्यवस्था, व्यवहारिक पक्ष तथा कार्यानुभवहरू आदानप्रदान गरेका थिए। कार्यक्रममा स्थानीय तहमा देखिने विभिन्न प्रकारका विवादहरूको सौहार्दपूर्ण समाधानका उपायबारे समेत छलफल गरिएको थियो।
विशेष समारोहबीच सम्पन्न कार्यक्रममा टोखा नगरपालिकाका नगरप्रमुख, जनप्रतिनिधिहरू तथा कानुन र न्याय क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले समुदायमा शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न मेलमिलापकर्ताहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। उनीहरूले अदालतसम्म पुग्नुअघि नै स्थानीय स्तरमा विवाद समाधान हुँदा नागरिकको समय, श्रम र आर्थिक खर्च बचत हुने धारणा व्यक्त गरे।
कार्यक्रममा मेलमिलापकर्ताहरूका साथै करिब ४० जना स्थानीय नागरिकको समेत सक्रिय सहभागिता रहेको थियो। नागरिकहरूको सहभागिताले मेलमिलाप प्रक्रियाको महत्त्व, यसको कानुनी मान्यता तथा स्थानीय न्याय प्रणालीप्रति जनचेतना अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकको विश्वास छ।
टोखा नगरपालिकाले आगामी दिनमा पनि यस्ता क्षमता विकासमूलक कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय न्यायिक समितिलाई थप प्रभावकारी र सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखामा मेलमिलापकर्तालाई कानुनी तथा व्यवहारिक प्रशिक्षण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्