आज रवि लामिछाने सहित अन्य को को भारत भ्रमणमा जाँदै ?
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (सोमबार) भारत भ्रमणमा जाँदैछन् ।
भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को औपचारिक निमन्त्रणामा लामिछाने आजदेखि तीनदिने भारत भ्रमणमा जान लागेका हुन् ।
लामिछानेको टोलीमा उनकी पत्नी निकिता पौडेल, स्वकीय सचिव अविनाश आचार्य, सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा रहनेछन् ।
रास्वपा स्रोतका अनुसार, लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय विदेशमन्त्री एस जयशंकरसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।
जेठ १९ गते भाजपा मुख्यालयमा हुने कार्यक्रममा भाजपा अध्यक्ष नीतिन नवीनले लामिछानेलाई स्वागत गर्ने कार्यक्रम तय भएको छ । लामिछाने जेठ २० गते स्वदेश फर्किने कार्यक्रम तालिका छ ।
क्याटेगोरी : समाचार
ट्याग : #रवि लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्