इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसियन गेम्स महिला छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ।
बिहीबार भएको खेलमा इन्डोनेसियामाथि चार विकेटको जित निकाल्दै नेपाल लगातारको जितसँगै सेमिफाइनलमा पुगेको हो। दुई खेलबाट चार अंक जोडेको नेपाल समूह ‘बी’को शीर्ष स्थानमा रहेर सेमिफाइनल खेल्ने भएको हो।
एक खेलमा जित र एक खेलमा हार भोगेको चीन दुई अंकमा दोस्रो स्थानमा रहेर सेमिफाइनल पुगेको छ। अंकविहीन इन्डोनेसिया समूह चरणबाटै बाहिरिएको छ।
समूह ‘ए’बाट थाइल्यान्ड चार अंकसहित शीर्षस्थानमा रहेर सेमिफाइनल पुगेको छ। एक खेलमा जित र एक खेलमा हार भोगेको घरेलु टोली मलेसिया दुई अंकसहित दोस्रो स्थानमा रहेर अन्तिम चारमा पुगेको छ। यो समूहबाट हङकङ बाहिरिएको छ।
बिहीबार इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य नेपाली टोलीले तीन बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि कप्तान इन्दु बर्मा ४२ रनमा अविजित रहिन्। सोनी पाख्रिनले २९ र कविता कुवँरले १४ रन थपे। सीता रानामगर १३ रनमा नटआउट रहिन्।
मलेसियाको वायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा ११३ रनको योगफल तयार पारेको थियो। नेपालकी मनिषा उपाध्यायले दुई र रिया शर्माले एक विकेट लिइन्।
इन्डोनेसियाकी कप्तान नि पुतु आयु नन्द सकरिनी ५६ रनमा अविजित रहिन्। नि लुह देवी २३ र नी मेड पुत्री सुवान्देवीले १३ रन बनाइन्।
क्याटेगोरी : समाचार
ट्याग : #इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्