हेराल्ड उत्कृष्ट नतिजासहित गुणस्तरीय शिक्षाको भरोसायोग्य गन्तव्य : विनोद रेग्मी
काठमाडौं । काठमाडौँको बसुन्धरामा रहेको हेराल्ड माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षा, आधुनिक पूर्वाधार तथा व्यावहारिक सिकाइमार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। विज्ञान, व्यवस्थापन, कानुन र मानविकी संकायसँगै फेसन डिजाइन तथा साइकोलोजी विषयमा समेत अध्यापन गराउँदै आएको विद्यालय विद्यार्थी तथा अभिभावकमाझ लोकप्रिय बन्दै गएको छ।
१३ रोपनी क्षेत्रफलमा फैलिएको विद्यालयमा अत्याधुनिक भवन, व्यवस्थित कक्षाकोठा तथा आधुनिक शैक्षिक वातावरण रहेको छ। विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला, होटल व्यवस्थापनका लागि प्रयोगात्मक कक्ष, कम्प्युटर ल्याब, पुस्तकालय, सेमिनार हल तथा यातायात सुविधा समेत उपलब्ध रहेको विद्यालय प्रशासनले जनाएको छ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने कक्षा १२ को परीक्षामा विद्यालयले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। विद्यालयले २०८१ सालमा ९२ प्रतिशत, २०८० मा ९१ प्रतिशत तथा २०७९ सालमा ८७ प्रतिशत नतिजा हासिल गरेको थियो।
विद्यालयका प्रिन्सिपल विनोद रेग्मीका अनुसार विद्यालयले केवल शैक्षिक उपलब्धिमा मात्र नभई विद्यार्थीको समग्र व्यक्तित्व विकासमा समेत विशेष जोड दिँदै आएको छ।
“हामी विद्यार्थीलाई पुस्तकमा सीमित राख्नेभन्दा व्यवहारिक, सीपमूलक र प्रतिस्पर्धी बनाउने लक्ष्यका साथ अघि बढिरहेका छौँ,” उनले भने, “गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र दक्ष शिक्षक टोली नै हाम्रो सफलताको मुख्य आधार हो।”
विद्यालयमा कक्षा ११ र १२ तर्फ २०८२ सालमा २ हजार ६६ जना, २०८१ मा १ हजार ९ सय ६० जना तथा २०८० मा १ हजार ९ सय १० जना विद्यार्थी अध्ययनरत रहेका थिए। विद्यालयमा हाल २ सय ९० जना शिक्षक तथा कर्मचारी कार्यरत छन्।

विद्यालयले अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै प्राथमिकता दिएको छ। खेलकुद, हाजिरीजवाफ, कविता तथा निबन्ध लेखन प्रतियोगितामा विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। साथै शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि शिक्षण सिकाइ तालिम तथा होटल व्यवस्थापनसम्बन्धी तालिम नियमित सञ्चालन हुँदै आएको छ।
प्रिन्सिपल रेग्मीले विद्यालयले समयअनुसार शिक्षण पद्धतिमा सुधार गर्दै आएको बताए।
“आजको शिक्षा केवल प्रमाणपत्रमा सीमित हुनुहुँदैन। विद्यार्थीलाई आत्मविश्वासी, सिर्जनशील र रोजगारमुखी बनाउनु आवश्यक छ,” उनले भने, “त्यसैले हामीले पठनपाठनसँगै सीप विकासलाई पनि प्राथमिकतामा राखेका छौँ।”
विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू हाल देश तथा विदेशका सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा सफलतापूर्वक कार्यरत रहेका छन्। दक्ष तथा अनुभवी शिक्षक, सुविधा सम्पन्न पूर्वाधार र विद्यार्थीमैत्री वातावरण विद्यालयका प्रमुख विशेषताका रूपमा रहेका छन्।
विद्यालयले आवधिक रूपमा विद्यार्थीहरूको गुणस्तर मूल्यांकन गर्दै सुधारमुखी शिक्षण प्रणाली लागू गर्दै आएको जनाएको छ। यही कारणले हेराल्ड माध्यमिक विद्यालयलाई गुणस्तरीय शिक्षाको भरोसायोग्य गन्तव्यका रूपमा हेरिन थालेको छ।
क्याटेगोरी : education, समाचार
ट्याग : #हेराल्ड उत्कृष्ट नतिजासहित गुणस्तरीय शिक्षाको भरोसायोग्य गन्तव्य : विनोद रेग्मी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्