Techie IT
बिहीबार, जेठ ७,२०८३

आईपीएल : कोलकाताको जितले प्लेअफ दौड रोमाञ्चक


काठमाडौं । जारी आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई आफ्नै घरेलु मैदान कोलकातास्थित इडेन गार्डेनमा ४ विकेटले पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा आठ विकेट गुमाएर १४७ रन बनाएको थियो । जवाफमा कोलकाताले १८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

जितसँगै कोलकाताले २ अंक सुरक्षित गर्दै प्लेअफको आशा जीवित राखेको छ । कोलकाताको जितले प्लेअफ दौडलाई रोमाञ्चक बनाएको छ । कोलकाता अब आठौंबाट छैटौं स्थानमा उक्लिएको हो ।

मुम्बई इन्डियन्स पहिले नै प्लेअफ दौडबाट बाहिरिसकेको छ ।

रोयल च्यालेन्जर्स बैंगलोर, हैदरावाद र गुजरातले पहिले नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ । बैंगलोर १८ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ भने गुजरात पनि १६ अंकसहित दोस्रो स्थानमा छ ।

हैदरावादको पनि १६ अंक छ । राजस्थान १४ अंकसहित चौथो स्थानमा छ ।

पाँचौं स्थानमा रहेको पञ्जाब किंग्सको १३ अंक छ । १३ अंकसहित कोलकाता छैटौं स्थानमा छ । १२ अंकसहित चेन्नई सुपर किंग्स र १२ अंकसहित दिल्ली क्यापिटल्स क्रमशः सातौं र आठौं स्थानमा छ ।

८ अंकसहित मुम्बई र लखनऊ क्रमशः नवौं र दशौं स्थानमा छ । मुम्बई र लखनऊ दुवै टोली प्लेअफ दौडबाट बाहिरिसकेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #आईपीएल : कोलकाता


तपाईको कमेन्ट लेख्नुहोस्