बुढानीलकण्ठ भिडियो प्रतियोगिता सम्पन्न रञ्जित श्रेष्ठ प्रथम, १ लाख ३३ हजार पुरस्कार
बुढानीलकण्ठ पर्यटन बोर्डद्वारा आयोजित “बुढानीलकण्ठ भिडियो प्रतियोगिता २०८३” को नतिजा सार्वजनिक गर्दै विजयी प्रतियोगीहरुलाई पुरस्कार वितरण गरिएको छ।
कार्यक्रम बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यता तथा बुढानीलकण्ठ पर्यटन बोर्डका अध्यक्ष अर्जुन प्रसाद पौडेलको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नगर उपप्रमुख अनिता लामा विशिष्ट अतिथिका रूपमा उपस्थित थिइन्। साथै प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, वडा नं. ३ का अध्यक्ष आकाश धिताल, वडा नं. ६ का अध्यक्ष रवि खड्कालगायत जनप्रतिनिधि, सञ्चारकर्मी, प्रतियोगिताका सहभागी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
प्रतियोगितामा सहभागीहरूले बुढानीलकण्ठको पर्यटकीय, धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा स्थानीय रीतिरिवाज र परम्परालाई समेट्दै पर्यटन प्रवर्द्धनका विविध पक्षलाई भिडियोमार्फत प्रस्तुत गरेका थिए। खुल्ला भिडियो प्रतियोगितामा १९ जनाको सहभागिता रहेको थियो।
प्रतियोगितामा रञ्जित श्रेष्ठ प्रथम, गोपाल बिक द्वितीय तथा प्रतीक क्षेत्री र अमृत श्रेष्ठ तृतीय घोषित भएका छन्। प्रथम हुने प्रतियोगीले नगद रु १ लाख ३३ हजार पुरस्कार प्राप्त गरेका छन् भने द्वितीयले रु ७५ हजार तथा तृतीय हुने दुई जनाले जनही रु ५० हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन्।
कार्यक्रममा बोल्दै वक्ताहरूले बुढानीलकण्ठको पर्यटन प्रवर्द्धनमा यस्ता सिर्जनात्मक प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #१ लाख ३३ हजार पुरस्कार, #hot, #बुढानीलकण्ठ भिडियो प्रतियोगितामा सम्पन्न रञ्जित श्रेष्ठ प्रथम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्