लेटरप्याडमै लेखेर हर्क साम्पाङले मागे प्रधानमन्त्री बालेनको राजीनामा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य हर्कराज राई (हर्क साम्पाङ)ले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को संसदीय कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै नैतिकताका आधारमा पदबाट राजीनामा दिन माग गरेका छन् ।
शुक्रबार जारी विज्ञप्तिमा राईले प्रधानमन्त्री शाहले संसद र संसदीय परम्पराको अपमान गरेको आरोप लगाएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गराएपछि प्रधानमन्त्री स्वयं संसदबाट बाहिरिएको र पुनः उपस्थित नभएको घटनालाई लोकतान्त्रिक अभ्यासमाथिको अवमूल्यनको रूपमा चित्रण गरेका छन् ।
प्रधानमन्त्री साह नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा पनि संसदमा अनुपस्थित रहेका थिए । प्रतिपक्षी दलहरूले उपस्थितिको माग गर्दा समेत प्रधानमन्त्री साह संसदमा नआएको तथा आफ्नै कार्यालयबाट संसदका गतिविधि प्रत्यक्ष प्रसारणमार्फत हेरिरहेको आरोप राईले लगाएका छन् ।
त्यसैगरी, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने संसदीय परम्परा रहेको उल्लेख गर्दै उनले उक्त जिम्मेवारीबाट प्रधानमन्त्री पन्छिएको बताए । संसदका कुनै पनि बैठकमा जनतालाई सम्बोधन नगर्नु समेत प्रधानमन्त्रीको गैरजिम्मेवार व्यवहार भएको राईको भनाइ छ ।
राईले संसदको मर्यादा कायम राख्न नसक्ने प्रधानमन्त्री असक्षम र असफल भएको टिप्पणी गर्दै यस्तो घटनाले संसदीय अभ्यासको इतिहासमा ‘कालो धब्बा’ लगाएको बताए । उनले जनताको सार्वभौम संस्थालाई अपमान गर्ने व्यक्तिले नैतिकताको आधारमा पदमा बसिरहन नमिल्ने जिकिर गरे ।
राईको विज्ञप्तिमा सरकारले संसदलाई बेवास्ता गर्दै अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप पनि लगाइएको छ । सीमा सुरक्षा, जनजीविका र नागरिकका आधारभूत समस्यामा सरकार असफल भएको भन्दै उनले सरकारप्रति खेद व्यक्त गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #लेटरप्याडमै लेखेर हर्क साम्पाङले मागे प्रधानमन्त्री बालेनको राजीनामा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्