पत्रकार महासङ्घ काठमाडौँलाई सर्जिकल सप्लायर्स एशोसिएशनद्धारा मास्क , थर्मगन प्रदान
काठमाडौँ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखालाई सर्जिकल सप्लायर्स एशोसिएशन अफ नेपाल (सान) ले एक हजार मास्क र एक थान थर्मगन प्रदान गरेको छ । सानका अध्यक्ष रमण कायस्थले शाखाका अध्यक्ष शन्तराम बिडारीको तापक्रममापन गरेर थर्मगन प्रदान गर्नुभयो । सानका उपाध्यक्ष हरि रञ्जितकार तथा सचिव सुदन पराजुलीले शाखाका अध्यक्ष बिडारीलाई संयुक्तरूपमा मास्क प्रदान गर्नुभएको थियो ।
सानका अध्यक्ष कायस्थले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले जारी गरेको लकडाउनमा अग्रस्थानमा क्रियाशील सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको बताउँदै आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शाखाका अध्यक्ष बिडारीले समाजमा सत्य तथ्य सूचना सङ्कलन तथा समाचार प्रवाहमा क्रियाशील पत्रकारको चुल्हो निभ्न नदिने शाखाको अभियान रहेको बताउँदै उनीहरुको निःशुल्क स्वास्थ्य उपचार तथा बीमाका लागि सरकारसँग माग गर्नुभयो ।
अभाव, दबाब र प्रभावबिनाको पत्रकारिताको खाँचो औँल्याउँदै उहाँले विभिन्न दाताबाट खाद्य सामग्री सङ्कलन गरी आफ्ना २५० सदस्यलाई वितरण गरेको जानकारी दिनुभयो । शाखाले लकडाउनको समयमा जीविकोपार्जन गर्न कठिन भएका आफ्ना सदस्य पत्रकारलाई चामल, दाल, मस्यौरालगायत खाद्य सामग्री प्रदान गरेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #पत्रकार महासङ्घ काठमाडौँ शाखा, #शन्तराम बिडारी, #सर्जिकल सप्लायर्स एशोसिएशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्