टोखामा बजार अनुगमन, ४६ व्यवसायी कारबाहीमा
टोखा नगरपालिकाले उपभोक्ताको हित संरक्षण तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन सञ्चालन गरेको बजार अनुगमनका क्रममा ४६ वटा पसलमाथि कारबाही गरेको छ। ‘टोखा नगरपालिका बजार अनुगमन निर्देशिका, २०७५’ अनुसार वैशाख २५ गतेदेखि नगरभित्रका ११ वटै वडामा अनुगमन अभियान सञ्चालन गरिएको हो।
नगरपालिका, नगर प्रहरी, केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला, पशु सेवा कार्यालय, उद्योग वाणिज्य सङ्घ टोखा तथा उपभोक्ता हित संरक्षण मञ्चको संयुक्त सहभागितामा अनुगमन गरिएको थियो।
अनुगमनका क्रममा अधिकांश व्यवसायीले व्यवसाय दर्ता तथा नवीकरण नगरी पसल सञ्चालन गरेको पाइएको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले जानकारी दिए। उनका अनुसार धेरै पसलमा मूल्यसूची नराखिएको, म्याद गुज्रिएका सामग्री बिक्रीका लागि राखिएको, मासु पसलमा सरसफाइको अभाव रहेको तथा न्यूनतम मापदण्डसमेत पालना नगरेको भेटिएको थियो।
नगरपालिकाका अनुसार अनुगमनका क्रममा ३९ वटा माछा–मासु पसल, दूध डेरी, भेटेरिनरी औषधि पसल, हस्तकला तथा खाद्यान्न पसललाई सचेत गराइएको छ। साथै ६ वटा पसललाई एक हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गरिएको र एक पसल बन्द गरिएको जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #टोखामा बजार अनुगमन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्