मकवानपुर इन्द्रसरोवरमा ईभीको ब्रेक फेल हुँदा दुर्घटना, ९ भारतीयसहित ११ जना घाइते
काठमाडौं । हेटौंडा–काठमाडौं सडकखण्डको इन्द्रसरोवर–२ लामबगरमा ईभी गाडी दुर्घटना हुँदा ९ जना भारतीय नागरिकसहित ११ जना घाइते भएका छन् ।
गएराति काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा.प्र.०१–०३३ च ५२५८ नम्बरको ईभी गाडीको ब्रेक फेल भई सडकको दाहिने साइडको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका बिहारको दरवाङ्गाका ३ जना भारतीय नागरिकलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
यस्तै, मध्यम घाइते २ जना, सामान्य घाइते ४ जना भारतीय नागरिकलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।
प्रहरीले गाडी चालक धनुषाको लक्ष्मीनिया–४ का ३० वर्षीय पिन्टु सिंहसहित दुई जना नेपालीलाई केही नभएको र एक जना आफूखुसी घर गएको जनाएको छ ।
प्रहरीले गाडी चालक सिंहलाई नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्