Techie IT
बुधबार, वैशाख ३०,२०८३

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान(NCPA)को आयोजनामा “कपडा दान” कार्यक्रम सम्पन्न


कोपिला शिवाकोटी

काठमाडौं । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान को आयोजना तथा क्लथ एण्ड फुड बैंक नेपाललायन्स क्लब अफ काठमाण्डु क्लिओप्याट्रा को सहकार्यमा कपडादान कार्यक्रम सम्पन्न भएको छ।

संस्थाकी महिला सचिव बेनिश पौडेल को संयोजकत्वमा आयोजित कार्यक्रममा करिब ४०० केजी नयाँ तथा प्रयोगयोग्य पुराना कपडा वितरण गरिएको थियो।

कार्यक्रममा क्लथ एण्ड फुड बैंक नेपाल का अध्यक्ष कमल जीसी ले कलाकारिता क्षेत्रबाट भएको यो पहिलो संस्थागत सहकार्य भएकाले आफू उत्साहित र प्रफुल्लित भएको बताउनुभयो। त्यसैगरी प्रस्तोता समाज नेपाल का अध्यक्ष नरहरी प्रेमी, सर्जक बैकुण्ठ महत तथा प्राध्यापक रिषीराम शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

संस्थाका अध्यक्ष नारायण बहादुर थापा को सभापतित्वमा सम्पन्न कार्यक्रममा उहाँले विभिन्न सामाजिक कार्यक्रममार्फत संस्थालाई अझ सक्रिय, गतिशील र जिम्मेवार बनाउँदै अगाडि बढाइने बताउनुभयो।

सामाजिक कार्यमा सक्रिय राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान ले यसअघि पनि श्रष्टा सम्मान, ललितकलाका विभिन्न क्षेत्रका श्रष्टाको हक–अधिकार संरक्षण, विकृति–विसंगति न्यूनीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

अनामनगरस्थित संस्थाको कार्यालयमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव सनम कठायत ले गर्नुभएको थियो। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिपक शर्मा, सचिव रिता केसी, कोषाध्यक्ष प्रतिक्षा काफ्ले लगायत कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #NCPA), #कोपिला शिवाकोटी, #राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान(NCPA)को आयोजनामा “कपडा दान” कार्यक्रम सम्पन्न


तपाईको कमेन्ट लेख्नुहोस्