युनिप नेपालद्वारा सामाजिक कोष स्थापना
काठमाडौ । युनाइटेड नेचर ईन्टरनेशनल पिस (युनिप) नेपालले सामाजिक कोष स्थापना गरेको छ । संस्थाका अध्यक्ष भिक्षु राजु लामा पि. कोन्दनले सामाजिक कोष स्थापनाको घोषणा गर्नुभएको हो । सामाजिक कोष स्थापना गर्ने सम्बन्धमा उहाँले राख्नुभएको प्रस्तावलाई शनिवार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको छ । सामाजिक कोष स्थापनाको घोषणासंगै व्यक्तिगत रुपमा अध्यक्ष लामाले रु. एक लाख र बरिस्ठ उपाध्यक्ष रविराज शाहीले रु. ९५ हजार दाखिला गर्ने घोषणा गर्नुभएको थियो । त्यसो त कोषका लागि संस्थाका सदस्यहरुले रु. ३ लाख ४० हजार ५ सय रुपैयाँको योगदान पुर्याएका छन् ।

सदस्यहरुको वार्षिक सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कोष स्थापना गरिएको बताउदै अध्यक्ष लामाले उक्त रकमलाई दैवी प्रकोपका बेलामा हुने विपद, बालबालिका, ज्येष्ठ नागरिकको स्वास्थ्य, शिक्षा, विपन्न एवम् सिमान्तकृतको उत्थान आदि कार्यका लागि प्रयोग गरिने बताए ।
त्यस्तै वरिष्ठ उपाध्यक्ष रविराज शाहीले कोष स्थापनासंगै संस्थाले सामाजिक गतिविधिहरु अझ वृद्धि हुने बताउनुभयो ।

त्यस्तै संस्थाका प्रेस संयोजक तथा विश्व शान्ति यात्रा एवम् ग्लोबल पिस मिट कर्यक्रम २०२५ का संयोजक सरोज ओझाले कार्यक्रम बारे समिक्षा गर्नुहुँदै विश्व शान्ति तथा मानव अधिकार प्रबर्धनका लागि युनिप नेपालले अन्तर्राष्ट्रिय स्तरमा कार्यक्रमहरु पस्कनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा खेलकुद संयोजक दिपक राज शाही, आर्थिक संयोजक मन्जु श्रेष्ठ लगायतले भावी कार्यक्रम बारे प्रकाश पार्नुभएको थियो ।

क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्