अमेरिकाले फेरि गर्यो इरानमाथि आक्रमण
काठमाडौं । अमेरिकाले फेरि इरानमाथि आक्रमण गरेको दाबी गरेको छ । अमेरिकी सेनाले इरानमा बमबारी गरेको हो । अमेरिकाले सैन्य अड्डाहरूमा बम विस्फोट गराएको हो ।
अमेरिकाले आफ्ना जहाजहरूमाथि इरानी आक्रमणको प्रतिक्रियामा यो कदम चालेको दाबी गरेको छ ।
इरानले युद्धविरामको समयमा अमेरिकाले गरेको आक्रमणको कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अमेरिकी सेनाले ओमानको खाडीमा रहेका इरानी तेल ट्याङ्करहरूलाई निशाना बनाएको थियो ।
इरानी सरकारी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार, खातम अल–अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ताले अमेरिकी सेनाले जास्क नजिकै इरानी जलक्षेत्रबाट होर्मुजको जलडमरूमतिर गइरहेको तेल ट्याङ्करलाई निशाना बनाएको थियो ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिएका छन् कि यदि तेहरानले सम्झौता गरेन भने अमेरिकाले फेरि अर्को आक्रमण गर्नेछ । पत्रकारहरूसँगको कुराकानीमा इरानले अमेरिकी युद्धपोतहरूमा आक्रमण गरेको उनको भनाइ थियो ।
ट्रम्पका अनुसार, त्यसपछि गोली हानाहान भयो, जसमा हामीले उनीहरूलाई गम्भीर क्षति पुर्यायौँ र उनीहरूका धेरै साना डुङ्गाहरू डुबायौँ । हामी उनीहरूलाई आणविक हतियार राख्न दिनेछैनौँ, र उनीहरू यसमा सहमत भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #अमेरिकाले फेरि गर्यो इरानमाथि आक्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्