Techie IT
मंगलबार, वैशाख २२,२०८३

राष्ट्रपतिद्वारा संघीय संसदको दुवै सदनको बैठक आह्वान


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको बैठक आह्वान गरेका छन्।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २८ गते २ बजे बस्नेगरी बैठक आह्वान गरेका हुन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २८ गतेका लागि संसद बैठक बोलाउन सिफारिस गरेर राष्ट्रपति कार्यालयमा पठाएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रपतिद्वारा संघीय संसदको दुवै सदनको बैठक आह्वान


तपाईको कमेन्ट लेख्नुहोस्