टोखामा सिसिटिभी जडान गर्न उपत्यका प्रहरी कार्यालयसँग ५० लाखको सम्झौता
टोखा नगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीबीच सिसिटिभी क्यामेरा जडानसम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार करिब ५० लाख रुपैयाँ लागतमा प्रहरी कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ अनुसार ठेक्का प्रक्रिया अघि बढाएर काम सुरु गर्नेछ।
सम्झौतामा उल्लेख भएअनुसार पहिलो चरणमा टोखा नगरपालिकाले डिजाइन, स्पेसिफिकेसन तथा लागत अनुमान तयार गरी कुल लागतको ५० प्रतिशत रकम प्रहरी कार्यालयलाई उपलब्ध गराउनेछ। ठेक्का प्रक्रिया पूरा भई निर्माण कार्य सम्पन्न भएपछि बाँकी रकम पनि नगरपालिकाले निकासा गर्नेछ।
नगर प्रमुख प्रकाश अधिकारीका अनुसार सिसिटिभी जडानपछि नगर क्षेत्रमा शान्ति सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रण गर्न, दुर्घटना न्यूनिकरण गर्न तथा समग्र शहरी सुशासन सुधार्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले यस परियोजनाले फोहर व्यवस्थापन, फुटपाथ अतिक्रमण नियन्त्रण, प्रदूषण न्यूनीकरण, सार्वजनिक सम्पत्ति संरक्षण, ट्राफिक व्यवस्थापन तथा अन्य अनैतिक गतिविधि नियन्त्रणमा समेत सकारात्मक प्रभाव पार्ने बताए।
सम्झौताअनुसार क्यामेरा जडान गरिने स्थानमा आवश्यक सडक बत्ती तथा विद्युत आपूर्ति व्यवस्थापनको जिम्मा टोखा नगरपालिकाले लिनेछ भने सिसिटिभीको सर्भेलेन्स कक्ष प्रहरी कार्यालयमा रहनेछ। सो सञ्चालनका लागि आवश्यक वैकल्पिक विद्युत प्रणालीको व्यवस्था प्रहरी कार्यालयले गर्नेछ।
आगामी दिनमा आवश्यकताअनुसार थप क्यामेरा जडान गर्दा प्रहरी कार्यालयले प्राविधिक सहयोग उपलब्ध गराउनेछ।
सम्झौतामा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी र प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले हस्ताक्षर गरेका छन्। साथै, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई र प्रहरी कार्यालयका प्रतिनिधिहरू साक्षी रहेका छन्। ठेक्का प्रक्रिया सम्पन्न भएपछि काम सम्पन्न हुने समयावधि निर्धारण गरिनेछ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #टोखामा सिसिटिभी जडान गर्न प्रहरीसँग ५० लाखको सम्झौता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्