पासविना एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने,यस्तो छ परिपत्र

काठमाडौ ३० वैशाख । सरकारले पासविना एक जिल्लाबाट अर्को जिल्लामा सवारीसाधन जान नदिने भएको छ ।
गृहमन्त्रालयले आज सवै जिल्ला प्रशासनलाई परिपत्र जारी गर्दै पर्सि जेठ १ गतेदेखि पासबिना एक जिल्लाबाट अर्को जिल्लामा सवारी आवागमन भएको पाईए तत्काल सुरु जिल्लालेनै अर्को जिल्ला पुग्नु अगावै सवारी आवागमन रोक्ने व्यवस्था मिलाउने भनेको छ ।
एक जिल्लाबाट अर्कोजिल्लामा जाने गरि हालसम्म जारी भएका ईपाससहित सबै सवारी पास रद्ध गरेको छ ।
परिपत्रमा अत्यावश्यक अवस्थामा एक जिल्लाबाट अर्कोजिल्लामा जाने पास जारी गर्नुपरेमा जारी गर्ने जिल्लाले पुग्ने जिल्लाको प्रमुख जिल्ला अधिकारीको स्विकृतिमा मात्रै जारी गर्नुपर्ने , अत्यावश्यक अवस्थामा काठमाडौं उपत्यका बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र प्रवेशका लागि सवारी पास जारी गर्नुपरेमा गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।
यस्तैगरी परिपत्रमा त्यसरी पास जारी गर्दा पासमा गृहमन्त्रालयको स्विकृति नम्बर समेत समावेश गर्नुपर्ने, पास स्विकृतिका लागि अनुरोध गर्दा पास जारी गर्नुपर्ने प्रयोजन र पुस्ट्याइ समेत खुलाउनुपर्ने उल्लेख छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #गृहमन्त्रालय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्