Techie IT
बुधबार, वैशाख १६,२०८३

सुधन गुरुङमाथि छानबिन चाँडै हुन्छ : रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि चाँडै छानबिन अगाडि बढ्ने बताएका छन् ।

आज संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले कुन प्रक्रियाबाट छानबिन गर्ने भन्ने विषय टुंगो नलागेको र टुंगो लाग्ने बित्तिकै छानबिन थालिने बताएका हुन् ।

उनले भने, ‘छानबिनको प्रक्रिया चाँडै शुरु हुन्छ, त्यो कस्तो प्रकारको हुन्छ भन्ने तपाईंहरुले जानकारी पाइहाल्नु हुन्छ, उहाँले अहिले नैतिकता देखाएर, म माथि प्रश्न उठेको हुनाले छानबिन गरियोस् नै भन्नुभएको छ। उहाँमाथि छानबिन हुन्छ, कुन प्रक्रियाबाट छानबिन गर्ने भन्ने छ, चाँडै छानबिन हुन्छ।’


क्याटेगोरी : समाचार
ट्याग : #सुधन गुरुङमाथि छानबिन चाँडै हुन्छ : रवि लामिछाने


तपाईको कमेन्ट लेख्नुहोस्