Techie IT
आईतबार, वैशाख १३,२०८३

काठमाडौंका कति सुकुमबासी सम्पर्कमा आए ?


काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार छेउछाउका सुकुम्बासीलाई हटाउने क्रम जारी नै राखेको छ ।

थापाथली, मनोहरा क्षेत्रको क्षेत्र खाली गराएपछि आज काठमाडौं–९ स्थित गैरीगाउँ र ३१ स्थित शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गर्ने काम चलिरहेको छ ।

खाली गराइएका स्थानबाट हालसम्म २१४ परिवार सरकारको सम्पर्कमा आएका छन्। उनीहरूलाई तत्कालका लागि विभिन्न होटलहरूमा बसोबास र खानपानको व्यवस्था मिलाइएको जानकारी दिइएको छ ।

उनीहरूको लगत संकलनपछि नागर्जुनमा बनेको सरकारी अपार्टमेन्टमा उनीहरूलाई सारिनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौंका कति सुकुमबासी सम्पर्कमा आए ?


तपाईको कमेन्ट लेख्नुहोस्