धमाधम खुल्न थाल्यो सुधन र दिपक भट्टको साइनो तर खुलेन “हामी नेपाल”को वेवसाइट
गृहमन्त्री सुधन गुरुङ र बिचौलिया दीपक भट्टबीचको कैयौं सेयर साइनो खुलेपछि उनीहरुबीच धेरै वर्ष देखि नै सुमधुर सम्बन्ध रहेको पुष्टि भएको छ । भदौको जेन जी आन्दोलन हाइज्याक गरेको आरोप लागेका सुधन हामी नेपालका संस्थापक संयोजक हुन् । त्यही संस्थाले भट्टलाई पाँच वर्षअघि राजधानीमा सम्मान गरेको थियो । कतै स्मार्ट माइक्रो फाइनान्समा प्राप्त २५ लाखको “निशुल्क” शेयर त्यही सम्मानको बार्टर त हैन ? प्रश्न यसरी पनि उठ्ने गरेको छ ।
सन् २०२१ को डिसेम्बर २१ मा उक्त संस्थाले आयोजना गरेको साधारण सभामा सहयोगी तथा दाताहरुलाई सम्मान गर्दा बिचौलिया भट्टलाई पनि उपहार र कदर पत्र प्रदान गरिएको थियो । सुधन र बार्बरा फाउण्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले निजलाई उपहार र कदरपत्र हस्तान्तरण गरेको फोटो भेटिएको छ । तस्बिरमा खैरो ज्याकेट लगाएर उभिँदै माइक समातेर बोल्ने व्यक्ति उनै दीपक हुन् । सोफामा मास्क लगाएर सुधनसँगै बसेको अर्को तस्विरमा पनि देखिन्छ ।
एकपछि अर्को विवादमा तानिएपछि सुधनको सामाजिक संस्था हामी नेपालको वेवसाइट खुल्न छाडेको छ । हिजो बेलुकी मात्रै सुधन र दीपक भट्टबीच कसिलो व्यापारिक सम्बन्ध रहेको विवरणहरु सार्वजनिक भएको छ । यसअघि उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेखित जमिन विवरण प्रचलित हदबन्दीभन्दा झण्डै चार गुणा बढी देखिएको थियो । सुन,नगद र सेयर विवरणको स्रोतबारे आलोचना भएपछि उनले सामाजिक सञ्जालमा ‘गरिब भएर जन्मिनु गल्ती होइन,गरिब भएर मर्नु गल्ती हो’ लेखेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #धमाधम खुल्न थाल्यो सुधन र दिपक भट्टको साइनो तर खुलेन "हामी नेपाल"को वेवसाइट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्