नुवाकोट बेलकोटगढीमा रूखले च्यापिएर एक जनाको मृत्यु, दुई घाइते
नुवाकोट । नुवाकोटमा रूखले च्यापिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डिएसपी विक्रम लामाका अनुसार एक जनाको घटनाको स्थलमै मृत्यु भएको छ भने एक जना घाइतेलाई उपचारका लागि त्रिशुली अस्पताल लगिएको छ । अर्का एक सामान्य घाइते भएका छन ।
बेलकोटगढी नगरपालिकाको वडा नम्बर ९ को खर्कटोलमा ३५ वर्षका अरुण तामाङको बारीमा कुटमेरोको रुख काट्नेक्रममा रूखले च्यापिएर ३५ वर्षका प्रेम तामाङको घटनास्थलमै मृत्यु भएको छ । रूखले लागेर घाइते भएका अरूणको त्रिशुली अस्पतालमा उपचार भैरहेको छ भने ३३ वर्षका माघव भुजेलको अवस्था सामान्य रहेको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नुवाकोट बेलकोटगढीमा रूखले च्यापिएर एक जनाको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्