संखुवासभामा रहेको मकालु आधार शिविरबाट विदेशी नागरिकको उद्धार

सङ्खुवासभा मकालु आधार शिविरको भ्रमणका क्रममा करीब एक महिनादेखि अलपत्र परेका विदेशीको उद्धार गरिएको छ । गत चैत २ गते मकालु आधार शिविरको भ्रमण गर्न आएका युक्रेनी २६ वर्षीय अर्टेम सुहोनियाकिनको उद्धार गरिएको हो ।
युवा विकास केन्द्रको आपत्कालीन प्रतिकार्य केन्द्रको व्यवस्थापन र जिल्ला समन्वय समितिको पहलमा उद्धार गरिएको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताउनुभयो । मकालु आधार शिविरको भ्रमणमा आएका उनी लकडाउनका कारण अलपत्र परेका थिए । उनलाई चैत २२ गते प्रहरीले उद्धार गरी जिल्ला प्रहरी कार्यालयले खानाको व्यवस्था गरी होटल खाँदबारीमा राखेको थियो ।
सुहोनियाकिनलाई आज पूर्वाधार विकास कार्यालयको गाडीमा इटहरीसम्म पठाइएको छ । उनलाई इटहरीबाट युवा विकास केन्द्रको अर्को गाडी व्यवस्था गरेर आज नै काठमाडौं पठाइएको युवा विकास केन्द्रको सङ्खुवासभाका संयोजक विजय कार्कीले बताउनुभयो ।
क्याटेगोरी : पर्यटन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्