गोंगबुँमा बालमैत्री सडक सुरक्षा सचेतना कार्यक्रम सम्पन्न
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबुँ र ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कको संयुक्त आयोजनामा “मेरो सवारी बालबालिका मैत्री छ” भन्ने नारासहित गोंगबुँ क्षेत्रमा सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। बुधबार बिहान ९:३० बजेदेखि १०:३० बजेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रम “समुदाय–प्रहरी साझेदारी” अवधारणाअन्तर्गत “हाम्रो प्रहरी” अभियानलाई लक्षित गरी आयोजना गरिएको हो।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबुँ र ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा अनाहत नेपालको सहकार्य रहेको थियो। कार्यक्रममा स्थानीय बासिन्दा, सवारी चालक, सहचालक तथा बालबालिकाको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा ट्राफिक नियमको पालना, पैदल यात्रुको सुरक्षा, बालबालिकामैत्री सवारी व्यवहार, तथा दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी प्रदान गरिएको थियो। साथै, सवारी साधन चलाउँदा अपनाउनुपर्ने सावधानी र सडक अनुशासनका विषयमा पनि सहभागीहरूलाई सचेत गराइएको थियो।
आयोजक संस्थाका प्रतिनिधिहरूले यस्ता कार्यक्रमले समुदायमा सुरक्षा सचेतना अभिवृद्धि गर्नुका साथै ट्राफिक दुर्घटना घटाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। उनीहरूले भविष्यमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
स्थानीयवासीहरूले कार्यक्रमलाई सकारात्मक रूपमा लिँदै यस्ता गतिविधिले समाजमा जिम्मेवार यातायात संस्कार विकास गर्न सहयोग पुग्ने बताएका छन्।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्