नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ७५ जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ । प्राधिकरणले शुक्रबार सूचना जारी गरी तह ९ देखि तह ४ सम्मका विभिन्न पदमा कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको हो ।
प्राधिकरणले प्रशासन र प्राविधिकतर्फ एक/एक जना कर्मचारी मागेको छ । प्रशासनतर्फको प्रबन्धकमा महिला र प्राविधिकतर्फ आदिवासी जनजाति समुदायबाट नियुक्त गरिने पनि प्राधिकरणले जनाएको छ ।
त्यस्तै, उपप्रबन्धकतर्फ प्रशासनमा एक जना र प्राविधिकमा २ जना कर्मचारी माग गरिएको छ । वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक र सहायक पदमा विभिन्न संख्यामा कर्मचारी परिपूर्ति गर्न दरखास्त आह्वान भएको छ । तह ९ र ८ का लागि दरखास्त दस्तुर १६ सय रूपैयाँ, तह ७ र ६ का लागि १२ सय, तह ५ र ४ का लागि ६०० रूपैयाँ तोकिएको छ । थप समूहका लागि सम्बन्धित तहका लागि तोकिएको दस्तुरको ५० प्रतिशत थप दस्तुर बुझाउनुपर्नेछ ।
दरखास्त दिने अन्तिम चैत २६ गतेसम्म तोकिएको छ । त्यसपछि दोब्बर दस्तुर तिरेर वैशाख ३ गतेसम्म दरखास्त दिन सकिनेछ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नागरिक उड्डयन प्राधिकरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्