Techie IT
शुक्रबार, वैशाख १८,२०८३

इराकस्थित अमेरिकी दूतावासमा मिसाइल आक्रमण, हमासले भन्यो– जवाफी आक्रमण गर्ने अधिकार इरानलाई छ


काठमाडौं । इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा क्षेप्यास्त्र प्रहार भएको छ ।

इराकी अधिकारीहरूका अनुसार दूतावास परिसरभित्र रहेको हेलिप्याडमा क्षेप्यास्त्र प्रहार भएको समाचार एजेन्सी एपीले जनाएको छ । आक्रमणका कारण दूतावास भवनबाट धुवाँको मुस्लो निस्किएको छ । तर क्षतिको बारेमा विस्तृत विवरण भने दिइएको छैन ।

यसैबीच, गाजाको लडाकू समूह हमासले अमेरिका र इजरायली आक्रमणको जवाफ दिने अधिकार इरानलाई रहेको बताएको छ । साथै, हमासले इरानले अन्तर्राष्ट्रिय कानून अनुसार जुनसुकै तरिकाले पनि प्रतिक्रिया दिनसक्ने उल्लेख गरेको छ ।

हमासले इरानलाई छिमेकी देशहरूलाई लक्षित नगर्न पनि अपिल गरेको छ । हमासले यस क्षेत्रका सबै देशहरूलाई द्वन्द्व रोक्न र भाइचारा कायम राख्न मिलेर काम गर्न आह्वान गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #इराकस्थित अमेरिकी दूतावासमा मिसाइल आक्रमण


तपाईको कमेन्ट लेख्नुहोस्