गत निर्वाचनमा १६ मत पाएका उम्मेदवारको रक्सीमा मात्रै ४५ हजार खर्च
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनपछि उम्मेदवारहरूले आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम चलिरहेका बेला एक स्वतन्त्र उम्मेदवारको खर्च विवरणले चर्चा पाएको छ।
कैलाली क्षेत्र नम्बर–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका दीपक रावलले निर्वाचनमा जम्मा १६ मत प्राप्त गरेका छन्। तर उनले निर्वाचन अवधिभर करिब २ लाख ३६ हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्।
उनले बुझाएको विवरणमा विभिन्न शीर्षकसहित ‘थकान मेटाउने खर्च’ पनि उल्लेख गरिएको छ। सो शीर्षकअन्तर्गत भोड्का तथा स्थानीय मदिरा खरिदमा करिब ४५ हजार रुपैयाँ खर्च भएको देखाइएको छ।
त्यसैगरी उनले सवारीसाधन तथा इन्धन, प्रचार सामग्री छपाइ, घरदैलो कार्यक्रममा खाना–खाजा, मिडिया खर्च लगायत विभिन्न शीर्षकमा रकम खर्च भएको उल्लेख गरेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #गत निर्वाचनमा १६ मत पाएका उम्मेदवारको रक्सीमा मात्रै ४५ हजार खर्च
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्