निर्वाचन परिणाम स्वीकार्दै श्रेष्ठद्वारा मतदाताप्रति आभार
संखुवासभा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा संखुवासभाबाट नेपाली कांग्रेसका उम्मेदवार रहनुभएका दीपनकुमार श्रेष्ठले निर्वाचन परिणामलाई सम्मान गर्दै मतदाता तथा सहयोगीप्रति आभार व्यक्त गर्नुभएको छ ।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै निर्वाचन परिणाम जनताको निर्णय भएको उल्लेख गर्दै त्यसलाई पूर्ण सम्मानका साथ स्वीकार गरेको बताउनुभयो । उहाँले प्रत्यक्ष रूपमा विजय हासिल गर्न नसके पनि संखुवासभाली जनताबाट प्राप्त माया, समर्थन र विश्वास आफ्नो लागि ठूलो प्रेरणा बनेको उल्लेख गर्नुभएको छ।
उहाँले लोकतन्त्रमा जीत–हार स्वाभाविक प्रक्रिया भएको बताउँदै आगामी दिनमा पनि संखुवासभा जिल्लाको विकास, समृद्धि र जनताको हकहितका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
श्रेष्ठले निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्ने १३ हजार २७१ मतदाताप्रति विशेष धन्यवाद व्यक्त गर्नुभएको छ । साथै निर्वाचन प्रचारप्रसारका क्रममा पार्टीका केन्द्रीय, जिल्ला, प्रदेश, पालिका तथा वडा तहका नेता–कार्यकर्ता, भातृ तथा शुभेच्छुक संघसंस्था, स्वयंसेवक, जनप्रतिनिधि र शुभेच्छुकहरूको सहयोगप्रति पनि कृतज्ञता व्यक्त गर्नुभएको छ ।

निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने मतदाता, सुरक्षाकर्मी, कर्मचारी तथा सञ्चारकर्मीप्रति पनि उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ ।
यसैबीच श्रेष्ठले निर्वाचनमा विजयी हुनुभएका नेकपा (एमाले) का उम्मेदवार डाक्टर अर्जुनकुमार कार्कीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #दिपन कुमार श्रेष्ठ, #निर्वाचन फागुन २१, #नेपाली कांग्रेस, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्