इरानमाथिको आक्रमण : पाकिस्तानका प्रमुख शहरमा प्रदर्शन, ९ जनाको मृत्यु
काठमाडौ । इरानमाथि अमेरिका र इजरायलले गरेको हवाइ आक्रमणको विरोधमा पाकिस्तानका कराँची, लाहोर र इस्लामावाद लगायतका प्रमुख शहरहरूमा इरान पक्षधर प्रदर्शनकारीहरूले प्रदर्शन गरेका छन् ।
कराँचीस्थित सिभिल अस्पतालका एक वरिष्ठ चिकित्सकले बीबीसीलाई दिएको जानकारी अनुसार अमेरिकी वाणिज्य दूतावास नजिकै प्रहरीसँग भएको झडपमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ३२ जनाभन्दा बढी घाइते भएका छन् ।
प्रदर्शनकारीहरूले वाणिज्य दूतावासको परिसरमा प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्ने क्रममा स्थिति तनावपूर्ण बनेको थियो ।
यसैबीच, पाकिस्तान प्रशासित गिलगिट–बाल्टिस्तानको गिलगिटमा प्रदर्शनकारीहरूले संयुक्त राष्ट्र संघको एउटा कार्यालयमा आगजनी गरेको संयुक्त राष्ट्र संघका एक अधिकारीले जानकारी दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #इरानमाथिको आक्रमण :
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्