गाँजा जस्तै धरेलु मदिरालाई पनि खुल्ला गर्न सकिएला की ?
आजकल गाजॉ खेतीलाई खुल्ला गर्ने संमन्धमा व्यापक रुपमा आवाज उठिरहेको छ।माननीय केशव स्थापितले त यसलाई अभियानकै रुपमा चलाउनु भएको छ र वागमती प्रदेशको प्रदेशसभामा विधेयकको रुपमा समेत यसले प्रवेश गरिसकेको छ।
विश्वका धेरै मुलुकहरुमा हाल आएर गाँजा खेतीको लागी खुल्ला हुनु,गॉजाको उपयोगीता अत्यधिक धेरै हुनु,गाँजामा प्रसस्तै मात्रामा औषधिजन्य गुण हुनु, नेपालको धेरै जिल्लाहरुमा यसको खेति गर्न सकिने हावापानि हुनु,अन्तर्राष्ट्रीय बजारमा गाँजाको उच्च माग हुनु, गॉजाको बजार मुल्य समेत उच्च रहनु,गॉजावाट राम्रो आर्जन गर्न सकिने प्रचुर सम्भावना हुनु जस्ता कुराले गाँजा खुल्ला गर्नको लागी जो केही लाई प्रेरित गरेको तथा दिन प्रतिदिन गाँजा खुल्ला गर्नु पर्दछ भन्ने जनमतले स्थान लिदै गएको छ।
तेस्तै धरेलु मदिरा पनि बर्षौ देखी नेपालका धेरै जिल्लाहरुमा उत्पादन हुदै आईरहेको छ।उत्पादन इजाज़तको अभावमा लुकिछिपी उत्पादन गर्नु पर्ने बाध्यतात्मक अवश्था विध्यमान छ।कतिपय मानिसहरु तथा परिवार समुदायको त घरेलू मदिराको उत्पादन रोजिरोटीकै रुपमा रहेको छ।धरेलु मदिराको उत्पादन धर्म, संस्कृति,परम्परा,रितिरीवाज,चाडपर्व संग पनि जोडिएर आएको छ।
नेपालमा बर्षेनी अर्बौ रुपयॉको मदिरा विदेशवाट आयात भईरहेको छ।विदेशवाट आयात हुने मदिरामा रोक लगायर हाम्रै गॉउघरमा उत्पादन भईरहेको मदिरा लाई सरकारी स्थर वाट निगमन र नियन्त्रण गरी गुणस्तरीय तथा मानव स्वास्थ्य अनुकूल हानि नपुराउने प्रकारको उत्पादन गर्ने ईजाजत समेत दिई खुल्ला गर्न सके मदिरा आयातमा देश बाट बहिरी रहेको अर्बौ रुपया देशमा नै रोक्न सकिन्छ।
गॉजाको उत्पादन बिक्री बितरण खुल्ला गरेसंगै स्वास्थ्य घरेलू मदिराको समेत उत्पादन बिक्री र बितरण समेत खुल्ला गर्न सके बर्षेनी बिदेशिने अर्बौ रकम रोक्न तथा बचत गर्न सकिने थियो।
नियन्त्रित रुपमा उत्पादित गॉजा र धरेलु मदिराले देशको अर्थव्यवस्थामा मदत गर्न सक्ने थिए की ?
क्याटेगोरी : विचार/बहस
ट्याग : #गाँजा जस्तै धरेलु मदिरा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्